हलेसीमा बस दुर्घटनाः एक जनाको मृत्यु, १४ जनाको अबस्था गम्भीर


नेपाल पाना प्रकाशित: २०७६-१-३ गते
हलेसीमा बस दुर्घटनाः एक जनाको मृत्यु, १४ जनाको अबस्था गम्भीर

खोटाङ । हलेसीमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् । काठमाडौँबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना भएको हो । 

चालक र सहचालकसहित १५ सवार ना४ख ७४११ नंको बस गए राति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते बनेका राईको एम्बुलेन्समार्फत उपचार गराउन जिल्ला अस्पताल दिक्तेल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । 

घाइतेमध्ये चालकसहित सातलाई थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल पठाइएको छ भने अन्य छ जनालाई जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ ।
 
दुर्घटनाका घाइतेको नाम अहिलेसम्म खुल्न सकेको छैन । बस सडकबाट चिप्लिएर १५÷२० मिटर तल झरेपछि कोल्टिएर अड्किएकाले ठूलो क्षतिबाट जोगिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक भुवनबाबु खड्काले बताए । 
 
सहचालक ओत हाल्न ओर्लिकाले दुर्घटनाबाट जोगिएको प्रहरीले जनाएको छ । उद्धारलगत्तै स्वास्थ्यचौकी दुर्छिम लगिएका अन्य छ घाइतेलाई थप उपचारका लागि आज बिहान जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ । 
            







विदेह नगरपालिका कार्यालयमा तोडफोड
विदेह नगरपालिका कार्यालयमा तोडफोड

धनुषा । विदेह नगरपालिकाका मेयर बेचन दासले जनता नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई सरुवा गरेपछि विद्यालयका अभिभावक र विद्यार्थी आन्दोलित भएका छन । आन्दोलित..

तालमा डुबेर गोकुल तीन दिनदेखी वेपत्ता, शव खोज्नको लागि गोताखोर आवश्यक्ता
तालमा डुबेर गोकुल तीन दिनदेखी वेपत्ता, शव खोज्नको लागि गोताखोर आवश्यक्ता

सल्यान । कुपिण्डेतालमा पौडी खेल्ने क्रममा सोमबार बेलुकादेखि बनगाड कुपिण्डे नगरपालिका–८ का ३६ वर्षिय गोकुल बुढा मगर बेपत्ता भएका छन् । बुढा बेपत्ता भएको तीन दिन वितिसक..

विष्फोटमा संलग्न रहेको भन्दै कक्षा ९ मा पढ्ने बालक गिरफ्तार
विष्फोटमा संलग्न रहेको भन्दै कक्षा ९ मा पढ्ने बालक गिरफ्तार

सल्यान । सिलिन्डर विष्फोटमा संलग्न रहेको आशंकामा कक्षा ९ मा पढ्ने एक विद्यार्थी गिरफ्तारमा परेको छ । विप्लव नेतृत्वको नेकपाको बन्दको अघिल्लो दिन असार ९ गते सोमबार राति सल्य..

पनौतीमा प्रहरीको ट्रक दुर्घटना
पनौतीमा प्रहरीको ट्रक दुर्घटना

काभ्रे । पनौतीमा संघीय प्रहरी इकाइ कार्यालय, बागमतीको गाडी दुर्घटनामा परेको छ । खड्गे भन्ने स्थानमा प्रहरीको ट्रक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा केही प..