आइसीसी विश्वकप छनौट: नेपाल १ सय ५० रनको विशाल अन्तरले विजयी


नेपाल पाना प्रकाशित: २०७६-१-३ गते
आइसीसी विश्वकप छनौट: नेपाल १ सय ५० रनको विशाल अन्तरले विजयी

काठमाडौं । नेपालले ओमानलाई १ सय ५० रनको विशाल अन्तरले पराजित गरेको छ । आइसीसी एसिया अन्डर–१९ विश्वकप छनौट प्रतियोगिता अन्तरगत आफ्नो चौथो खेलमा नेपालले ओमानलाई पराजित गरेको हो । 

नेपालले प्रस्तुत गरेको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा ओमन मात्र ४४।१ ओभरमा ७९ रनमा अलआउट हुन पुग्यो । नेपालका बलरहरुले कसिलो बलिङ गरेपछि ओमनका नौ खेलाडीले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

ओमानका लागि अमनप्रित सिराह र जिल तन्नाले सर्वाधिक १३ रन बनाए । नेपालका लागि पवन शरार्फले ३ विकेट लिए भने सूर्य तामाङ र प्रतिश जिसीले २–२ विकेट लिए । शर्राफले १० ओभरमा २ मेडन राख्दै मात्र २४ रन खर्चिए ।

यसअघि, टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४३।२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए । उनले यसक्रममा ४ चौका र २ छक्का हिर्काए ।

उनलाई भीम सार्कीले ३९ रन बनाउँदै राम्रो साथ दिए । उनले ४३ बलमा २ चौका र एक छक्का हिर्काए ।खेलको अन्त्यतिर प्रतिश जिसीले आक्रामक इनिङ खेल्दै नेपाललाई सम्मानजनक स्कोरतर्फ डोर्याए । प्रतिशले मात्र २३ बलमा ४१ रन बनाए । यसक्रममा उनले ४ छक्का र २ चौका हिर्काए ।

अभिषेक बस्नेतले १५ रनको योगदान दिए ।ओमानका लागि मुजहिर राजा, सञ्जय रवीन्द्र, आजम अली र जिल तन्नाले २–२ विकेट लिए । हालसम्म नेपालले तीन खेलमा जीत र एक खेलमा हार बेहोरेको छ ।







विश्वकप क्रिकेट : सेमिफाईनल पुग्न पाकिस्तानले न्युजिल्याण्डलाई जित्नैपर्ने 
विश्वकप क्रिकेट : सेमिफाईनल पुग्न पाकिस्तानले न्युजिल्याण्डलाई जित्नैपर्ने 

काठमाडौं । बेलायतमा जारी आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगितामा आज पाकिस्तानको भविष्य निर्धारण हुँदैछ ।  सेमिफाईनलसम्म पुग्नका लागि पाकिस्तानले आज न्यूजिल्याण्डलाई पराज..

महिला विश्वकप: क्वाटरफाइनलमा अमेरिका र स्वीडेन
महिला विश्वकप: क्वाटरफाइनलमा अमेरिका र स्वीडेन

काठमाडौं । साविक विजेता अमेरिका र स्वीडेन महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको प्रि-क्वाटरफाइनलमा स्पेनलाई २-१ ग..

विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै बंगलादेशले राख्यो 'रेकर्ड नै रेकर्ड'
विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै बंगलादेशले राख्यो 'रेकर्ड नै रेकर्ड'

एजेन्सी । बेलायतमा जारी आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ । साथै, यो खेलमा बंगलादेशी खेलाडी शाकीव..

प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित 
प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित 

भीमदत्तनगर । आजदेखि यहाँ शुरु भएको मनसुनका कारण कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित भएको छ । आइतबार दिउँसो तय भएको सशस्त्र प्रहरीक..