विचित्रकाे संस्कार: जहाँ आफ्नै श्रीमतीसँग सेक्स गराएर गर्छन् पाहुनाको स्वागत !


नेपाल पाना प्रकाशित: २०७६-१-३ गते
विचित्रकाे संस्कार: जहाँ आफ्नै श्रीमतीसँग सेक्स गराएर गर्छन् पाहुनाको स्वागत !

एजेन्सी । भारतमा एउटा यस्तो ठाउँ छ जहाँ आफ्नै श्रीमतीसँग सेक्स गराएर मात्रै पाहुनाको औपचारिक रुपमा स्वागत गर्ने गरिन्छ ।

यो प्रचलन भारतका विभिन्न गाउँमा अझै पनि कायमै छ । भारत सरकारले यो प्रचलनमा प्रतिबन्ध लगाएको छ । तर पनि परम्परागत समाजमा यो प्रथा अझै कायमै छ । भर्खरैमात्र भारतको रानियाँ गाउँमा स्वागत गर्न श्रीमानले आफ्नी श्रीमतीलाई जबरजस्ती पाहुनालाई सेक्स गर्न लगाएको घटना सार्वजनिक भएको छ ।

रानियाँ गाउँमा यो प्रचलन विस्तारै हराउँदै गएपनि बुधबार एक महिलामाथि स्वागत गर्ने भन्दै श्रीमानको दबाबमा पाहुनाबाट जबरजस्ती बलात्कार भएको हो । साँझको समयमा कामबाट फर्केर निरञ्जन सिंह घर फर्किरहेका थिए । आउने बेला उनीसँगै पढेका एक साथी गुरुदेव सिंह भेटिए । त्यसपछि दुबै साथी राति मदिरा सेवन गरेर निरञ्जनको घर गए ।

घरमा निरञ्जनकी श्रीमती खाना पकाउँदै थिईन् । निरञ्जन भान्सा कोठामा गएर आफ्नी श्रीमतीलाई समातेर सुत्ने कोठामा लगेर गए । त्यहाँ उनले आफ्नो साथी आएको कुरा बताए र पाहुनालाई स्वागत गर्न तयार होउ भनेर निर्देशन दिए । तर उनकी श्रीमतीले यो कुरा मानिनन् ।

नमानेपछि निरञ्जनले जबरजस्ती कपडा खोलेर आफ्नी श्रीमतीलाई गुरुदेवको हातमा सुम्पिदिए । त्यसपछि गुरुदेवले जबरजस्ती बलात्कार गरे । श्रीमान र श्रीमानकै साथीबाट बलात्कृत भएपछि ती महिलाले प्रहरीमा उजुरी हालेकी छिन् । ती महिलाले प्रहरीमा बताएअनुसार हालसम्म उनले पाँच जना पाहुनालाई त्यसैगरी स्वागत गरिसकेकी छिन् ।

अरु बेला सासु ससुराको दबाबमा पाहुना स्वागत गर्न बाध्य भएर तयार भएपनि अहिले श्रीमानले जबरजस्ती गरेका कारण उनी न्यायका लागि प्रहरीमा गएकी हुन् ।श्रीमती प्रहरी चौकी गएको थाहा पाएपछि निरञ्जन आफ्ना साथी गुरूदेवसँगै फरार भएका छन् । रानिया गाउँ प्रहरी चौकीले पीडित महिलाको स्वास्थ्य परीक्षण गर्दा बलात्कार गरेको पुष्टि भएको जनाएको छ ।

साथै आरोपी विरुद्ध मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । प्रहरीले फरार आरोपी दुबै जनाको खोजी गरिरहेको जनाइएको छ ।







सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु
सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु

काठमाडौं । इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी बुधबार ५ इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्..

अफगानिस्तानमा नेटोसँग आबद्ध दुई अमेरिकी सैनिक मारिए
अफगानिस्तानमा नेटोसँग आबद्ध दुई अमेरिकी सैनिक मारिए

अफगानिस्तान । अफगानिस्तानमा उत्तर एटलाण्टिक सन्धी संगठन नेटोसँग आबद्ध दुई अमेरिकी सैनिक मारिएका छन् । अमेरिका र तालिबान लडाकूबीच नयाँ वार्ता गर्ने तयारी भइरहेका बेला अफगानि..

विवाह बन्धनमा बाँधिएको एक घण्टामै जन्मियो बच्चा !
विवाह बन्धनमा बाँधिएको एक घण्टामै जन्मियो बच्चा !

एजेन्सी । अमेरिकमा एक जोडीले विवाह गरेको एक घण्टापछि बच्चा जन्माएका छन् । अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर ‘पेटे बुटिगिग’ले मेरी र गाबेले बिहान सवा आठ बजे आफ..

झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते
झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते

भारत । पूर्वी राज्य झारखण्डमा मङ्गलबार भएको एक सडक दुर्घटनामा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् ।  झारखण्डको गडवा जिल्लामा स्थानीय समयाअनुस..