सरकारी जग्गा हिनामिना गर्नेमाथि अनुसन्धान थालेपछि भूमाफियाहरु...


नेपाल पाना प्रकाशित: २०७६-१-३ गते
सरकारी जग्गा हिनामिना गर्नेमाथि अनुसन्धान थालेपछि भूमाफियाहरु...

काठमाडौं । बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन् । 

ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेपछि डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी र भूमाफियाको समूह फरार भएका हुन् ।

सरकारले ५४ वर्षअघि मुआब्जा दिएर ललितानिवासको जग्गा अधिग्रहण गरेको थियो। राजनीतिक नेता, मन्त्रिपरिषद्का सदस्य, मन्त्रालयका सचिव, मालपोतका कर्मचारी, व्यापारी र भूमाफियाको मिलेमतोमा ललितानिवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी जग्गा हडपिएको हो।

ब्युरो उच्च स्रोतका अनुसार ललितानिवासको सरकारी जग्गा हडप्नेमध्ये मुख्य योजनाकार डा। शोभाकान्त ढकाल र रामकुमार सुवेदीको परिवार नै फरार भएको छ। ललितानिवास हिनामिनाबारे छानबिन गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको समितिले ढकाल र सुवेदीलाई ‘भूमाफिया’ भनेर किटान गरेको छ।

अनुसन्धान स्रोतका अनुसार डा। शोभाकान्त, उनकी पत्नी उमा तथा छोरा सन्दीप सम्पर्कविहीन छन्। ब्युरोका अनुसार मोबाइल नम्बर बन्द गरेर उनीहरू भागेका छन्। यसैगरी अर्का भूमाफिया रामकुमारसहित उनकी पत्नी माधवी र छोरा विवेककुमार पनि सम्पर्कविहीन छन्। मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृतहरू कलाधर देउजा, टीकाराम घिमिरे, मालपोत अधिकृत हुपेन्द्रमणि केसी तथा उनीहरूलाई सघाउने अन्य कर्मचारी पनि भागेको ब्युरो स्रोतले बताएको छ।

‘सरकारले हामीलाई ललितानिवासको जग्गा हिनामिनामा छानबिन गर्न जिम्मा दिएपछि भूमाफिया र मालपोत कार्यालयका कर्मचारीको समूह नै भागेको पाइयो,’ ब्युरो स्रोतले भन्यो, ‘आरोपित भागे पनि तथ्य र प्रमाणका आधारमा हामी आवश्यक निर्णय लिन्छौं, अहिले यो विषय छानबिनको सुरुआती चरणमै छ।’

त्रिताल नेतृत्वको छानबिन समितिले मुआब्जा तिरेर अधिग्रहण भएको ललितानिवासको करिब एक सय १४ रोपनी जग्गा फिर्ता ल्याउन सरकारलाई सिफारिस गरेको थियो। समितिको सिफारिसबमोजिम नै सरकारले २०४७, २०४९, २०६१र६२, २०६६र६७ र २०६९ सालका मन्त्रिपरिषद् बैठकका विवादास्पद निर्णय खारेज गरेर जग्गा फिर्ता ल्याउन प्रक्रिया अघि बढाइसकेको छ।







चट्याङले भेट्दा दाङ र रुपन्देहीमा ६ जनाको मृत्यु
चट्याङले भेट्दा दाङ र रुपन्देहीमा ६ जनाको मृत्यु

काठमाडौं । चट्याङ लागेर दाङ र रुपन्देहीमा गरी ६ जनाको मृत्यु भउको छ । ती मध्ये तीनजना बालक छन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ..

नेपालीसहित ७ जनाको हत्यारालाई डेढ सय वर्ष जेल
नेपालीसहित ७ जनाको हत्यारालाई डेढ सय वर्ष जेल

काठमाडौं । साइप्रसको निकोसिया अपराध अदालतले एक नेपाली महिलासहित ७ जनाको श्रृंखलाबद्ध रुपमा हत्या गरेका सेनाका क्याप्टेन निकोस मेटाक्सासलाई आजीवन कारावासको सजाय सुनाएको छ ।..

पार्टी गाभेको १३ महिनापछि प्रचण्डलाई ओलीको लोप्पा !
पार्टी गाभेको १३ महिनापछि प्रचण्डलाई ओलीको लोप्पा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी एकीकरण भएको १३ महिनापछि पुनः शीर्ष तहमा भएको सहमति लागू गर्ने कि नगर्ने भन्ने विवाद चुलिएको छ ।..

टेलिभिजन बन्द गराउने केबल व्यापारीलाई 'ब्याकफायर', क्लिनफिडमा अर्बौंको बजार
टेलिभिजन बन्द गराउने केबल व्यापारीलाई 'ब्याकफायर', क्लिनफिडमा अर्बौंको बजार

काठमाडौं । सोमबार दिउँसो ३ः०० बजेदेखि मङ्गलबार ३ः०० बजेसम्म केबल टेलिभिजन तथा डाइरेक्ट टु होम (डीटीएच) सेवा प्रदायकले २४ घण्टा विदेशी टेलिभिजन च्यानलको प्रसारण बन्द गरेपछि यति..