विप्लवको बन्द : पाल्पाको गाउँपालिका भवनमा विस्फोट, बम डिस्पोज गर्न भ्याईनभ्याई   


नेपालपाना प्रकाशित: २०७६-१-५ गते
विप्लवको बन्द : पाल्पाको गाउँपालिका भवनमा विस्फोट, बम डिस्पोज गर्न भ्याईनभ्याई   

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दका दिन देशका विभिन्न स्थानमा विस्फोट र आगजनी भएको छ । बिहिबार बिहानैदेखि बम र शंकास्पद बस्तुहरु डिस्पोज गर्न सुरक्षा निकायलाई भ्याईनभ्याई छ । 

काभ्रेको खोपासीमा बिहानै भेटिएको शंकास्पद बस्तुलाई नेपाली सेनाले निस्कृय पारिदिएको छ भने पाल्पाको रिब्दीकोट गाउँपालिका कार्यालय भवनमा बम विस्फोट गराईएको छ । विस्फोटबाट भवनमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, रुपन्देहीको कोटीहवा–बाउन्नकोटी सडकखण्डमा भेटिएको शंकास्पद विस्फोटक बस्तु डिस्पोज गर्न नेपाली सेनाको टोली परिचालन गरिएको छ । बाग्लुङ सदरमुकाममा पनि पाईप बम भेटिएको र डिस्पोज गर्न नेपाली सेनाको टोली खटिएको छ । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८को वडा कार्यालय गेटमा प्रेसर कुकर बम भेटिएको छ । त्यहाँ पनि बम डिस्पोजका लागि सेना परिचालन गरिएको छ । मकवानपुरकै थाहा नगर र भीमफेदी गाउँपालिकामा दुईवटा सवारी साधन जलाईएको प्रहरीले जानकारी दिएको छ । 

कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया बजार, वौनिया, लम्की र राजीपुरमा शंकास्पद बस्तु भेटिएको छ । यस्तै,बाँकेको कोहलपुर, मोरङको बेलगाछी र अर्घाखाँचीको सन्धिखर्कमा पनि विस्फोटक शंकास्पद वस्तु भेटिएका छन् ।


विप्लवद्वारा जारी विज्ञप्ति !

पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ, झूट्टा मुद्दा खारेजी, भ्रष्टाचार, तस्करी र राष्ट्रघातका विरुद्ध भन्दै पार्टीका महासचिव विप्लवले विज्ञप्तिमार्फत बन्द आब्हान गरेका छन् । 

आज सबै कलकारखाना, शैक्षिक संस्था, यातायात, व्यापार व्यवसाय बन्द गर्न र अनैतिक फासिवादी सरकारलाई राजनीतिक मार्गमा तान्न प्रयत्न गर्ने विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।







प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’
‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’

पोखरा । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका छन् । पोखरामा बिहीबार बिहान पत्रकारहरूसँग कुराका..

पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम
पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री संजयकुमार गौतमले पूर्वाधारको नाममा शक्तिशाली पोस्ने गरी बजेट आएको आरोप लगाएका छन् । ‘देशभर सयौं सडकमा करोडका दरले बजेट क..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..