आतंकवादको बिछ्यौनामा समृद्धि खोजिरहेछ पाकिस्तान !


किन पुरानो लिगेसी छाडिरहेका छैनन इमरान खान ? 
- कैलाश कुमार  प्रकाशित: २०७६-१-५ गते
आतंकवादको बिछ्यौनामा समृद्धि खोजिरहेछ पाकिस्तान !

पाकिस्तानको नेशनल एसेम्बलीमा गत भदौ १ गते प्रधानमन्त्री पदका लागि निर्वाचन हुँदै गर्दा छिमेकी मुलुक सहित विश्वको ध्यान पाकिस्तानतिर आकृष्ट थियो ।

पूर्व क्रिकेटर, जो विश्वका सबैजसो प्रमुख शहरहरुमा पुगे, आधुनिकता देखे, खेल रणनीति बुझे, कहिले जिते, कहिले हारे  : हो उनै ईमरान खान पाकिस्तानको २२ औं प्रधानमन्त्री बन्दै थिए र दक्षिण एसियाली व्यवस्थाको दोस्रो ठूलो देश पाकिस्तानको नेतृत्व गर्दै थिए । 

ताहरिक ए ईन्साफका अध्यक्ष खान खेलजीवनपछिको अवकाशपूर्ण जीवनलाई आतंकवादबाट पाकिस्तानको शान्तीपूर्ण अवतरण र आर्थिक विकासको दिशातर्फ केन्द्रित गर्ने वाचा दोहो¥याईरहेका थिए । आतंकवाद र अमेरिकासँग दोहोरो खेल खेलेर बदनामी कमाएको पाकिस्तानका मुस्लिम लिगका पूर्वनेता तथा पूर्वप्रधानमन्त्री नवाज शरीफ भ्रष्टाचारको डबल क्रसिङमा जेल परेसँगै खानको लोकप्रियता बढिरहेको थियो । सोही लोकप्रियता र प्रतिष्र्धी मुस्लिम लिगको राजनीतिक पतनलाई खानले आफ्नो विजयका लागि हतियार बनाईरहेका थिए । 


पाकिस्तानमा तालिम गरिरहेका जैश-ए-मोहम्मदका लडाकुहरू ।

लिगका शाहज शरीफले ९६ मत पाउँदा खान १७६ मतसहित प्रधानमन्त्रीमा निर्वाचित भए । तर, क्षेत्रीय र विश्वशान्तीका लागि उनीबाट जे अपेक्षा गरिएको थियो, त्यसमा खानले पहिलेका पाकिस्तानी शासकले झैं चिसोपानी खन्याईदिए । 

पाकिस्तानको सत्तामा पुग्न या रहिरहन नागरिकले दिएको मतका अतिरिक्त मतपेटिकाभन्दा बाहिरबाट अन्य दुई शक्तिको निगाह आवश्यक पर्दै आएको छ । पहिलो शक्ति सेना हो : जसले बारम्बार सत्तापटक गरि लोकतान्त्रिक सरकारलाई अपदस्त गर्ने गरेको छ । दोस्रो शक्ति चाहिँ आतंकवादी संगठनहरु हुन, जसलाई भारतको भूमीमा विभत्स आतंकवादी हमला गराई मनोवैज्ञानिक रुपमा पाकिस्तानी नागरिकलाई भारतविरोधी बनाउन सकियोस । 

१८ अगस्ट २०१८ मा प्रधानमन्त्रीपदको सपथ लिएपछि खानले के हेरेर बसिरहेका थिए ? किन उनले आतंकवादी संगठनविरुद्ध कडा कदम चालेनन् ? किन पाकिस्तान आश्रित आतंकवादीहरुको क्याम्प बन्द गराएनन र उनीहरुमाथि दबाब दिन सकेनन ? यी प्रश्नको जवाफ पाकिस्तानी अधिकारीहरुले कहिल्यै दिने छैनन । किनकी, आतंकवादसँगको निकाहालाई उनीहरु तलाकमा बदल्न चाहँदैनन । किनकी पाकिस्तानी सत्ता, सेना, सरकार र राजनीति त्यसैमा अडेको छ ।

भारत र पाकिस्तानको सिमाना परम्परागत हिन्दु–मुस्लिम बाहुल्यताका आधारमा खिचिएको छ । ३३३३ किलोमिटर कुल लम्बाईको यो सिमानामा अति विवादास्पद जम्मु–काश्मीर क्षेत्र पनि पर्छ । यही जम्मु–काश्मीरमा रहेको मुस्लिम बाहुल्यताको अवस्थालाई उपयोग गर्दै पाकिस्तान निरन्तर भारतमाथि आतंकवादीमार्फत हमला साँधिरहन्छ । एक हिसाबले यसरी भारतमाथि मुस्लिम आतंकवादीहरुको प्रयोग गरि बारम्बार हमला गराउनु पाकिस्तानी सत्ताधारीका लागि विरासत धान्ने एक नियमित संस्कारजस्तै बनेको छ । हो, ईमरान खानबाट त्यही संस्कार अन्त्य हुन्छ भन्ने अपेक्षा गरिएको थियो । 


पाकिस्तानी प्रधानमन्त्री ईमरान खान ।

तर, खान प्रधानमन्त्री बनेपछि भारत र पाकिस्तानबीच युद्धसमानको स्थिति बन्यो । १४ फेब्रुअरी २०१९ का दिन भारत नियन्त्रित दक्षिण काश्मीरको पुलवामामा पाकिस्तानी आतंकवादी संगठन जैश–ए–मोहम्मदको लडाकुले आत्मघाती हमला गर्दा सेन्ट्रल रिजर्भ पुसिल फोर्स (सीआरपीएफ) का ४० जवानको ज्यान गयो । पुलवामाको सडकमा भारतीय सुरक्षाकर्मीको क्षतविक्षत शवमा ईमरान खानले फुक्काफाल छाडिदिएको जैशको आतंक नाचिरहेको थियो र भारतमा शोकमा डुब्दै गर्दा पाकिस्तानीहरु मृत्युउत्सव मनाउँदै थिए । 

दक्षिण एसियाको मुख्य समस्या नै आतंकवाद हो र त्यसको स्वर्ग पाकिस्तान । अलकायदा, ईस्लामिक स्टेट र तालिवानजस्ता अन्तरराष्ट्रिय आतंकवादी संगठनहरु तथा देशभित्रकै जैश ए मोहम्मदजस्ता क्रुर एवं पासविक आतंकवादी संगठनहरुको मुख्य र सुरक्षित आश्रयस्थल पाकिस्तान नै बनिरहेको छ । यतिखेर पाकिस्तानी भूमीमा अहिले झण्डै ४ दर्जन आतंकवादी सशस्त्र संगठनहरुले आश्रय लिईरहेका छन । 

सन् २००१ मै विश्वको प्रमुख आतंकवादी संगठन अलकायदाका नेता ओसामा बिन लादेनपछिका नेता यमिन अल जवाहिरीले पाकिस्तानको मेगासिटी कराँचीमा अलकायदाको अखडा नै खोलेका थिए । त्यसमा पाकिस्तानी सरकार मौन बस्यो । अर्कातर्फ, अमेरिकी सैनिकको नेभी टीमले सन् २०११ को मे २ तारिखमा विश्वकै सर्वाधिक खोजीको प्रमुख आतंकवादी ओसामा विन लादेनलाई पाकिस्तानी सैनिक एकेडेमीनजिकै अबोट्टावादमै मारिदिएको थियो । 


अन्तराष्ट्रिय आतंकवादी संगठनका नाईके ओसामा विन लादेन, जसलाई अमेरिकी नेभीले पाकिस्तानभित्रै छिरेर मारिदिएको थियो । 

आतंकवादमा यसरी नाङ्गिईरहेको मुलुकलाई खेलाडी प्रधानमन्त्री ईमरान खानले शान्तीको बाटोमा लैजालान् भन्ने ठूलो अपेक्षा संसारभरका मानिसहरुको थियो । तर खानले पनि आतंकवादकै परम्परागत बिछ्यौनामा सुतेर पाकिस्तानलाई समून्नत बनाउने सपना देखिरहेका छन् । सम्भवतः आतंकवाद नियन्त्रणमा खानको रुची नभएरै होला, यतिखेर पाकिस्तानी अर्थतन्त्र गम्भीर मोडमा पुगेका छ, जहाँ बच्चाहरुले पिउने दुधको मूल्य गाडीमा हाल्ने ईन्धनको भन्दा झन्डै दोब्बरले बढी छ । 

पाकिस्तान किन आतंकवाद पाल्छ त ? जवाफ सपाट छ । त्यो हो : भारतविरोधी अहंकार । जसरी भारतको चुनावमा पाकिस्तानविरोधी भावना मसालाका रुपमा प्रकट हुन्छ, पाकिस्तानभित्र पनि चाहे सैनिक तख्तापलट होस या निर्वाचन, सबैमा भारतविरोधी कर्कश नारा मुख्य मसाला हो । पाकिस्तानी शासकहरुले राजनीति र सत्तामा भारतविरोधी मसाला मिलाउने जिम्मा तिनै आतंकवादीहरुलाई दिएका छन्, जसले बारम्बार भारतभित्र भीषण आतंकवादी घटनाहरु घटाउने गर्छन ।

पाकिस्तानको गुप्तचर संस्था ईन्टर सर्भिस ईन्टिलिजेन्स (आईएसआई) र पाकिस्तानी सेनाको घेराभित्र आतंकवादीहरुले भारतविरुद्ध हमलाको योजना बनाउने र त्यसलाई मूर्तरुप दिने मुख्य कर्म पाकिस्तानकै सरकारी निकायहरुले सिकाईरहेको विश्वले नै थाहा पाईरहेको छ ।

लाईन अफ कन्ट्रोल (एलओसी) र जम्मु तथा काश्मीर उपत्यकामा सिमित आतंकवाद सन् २००० पछि भारतका प्रमुख शहरहरुसम्म विस्तार गर्न आतंकवादी संगठनहरु जसरी सक्षम भए, त्यसलाई रोक्न भारतले बारम्बार आग्रह गर्दा पाकिस्तानले वेवास्ता गरिरहेको छ । सन् २००३ मा भएको मुम्बई हमला, सन् २००५ मा भारतीय संसद भवनमा भएको आक्रमण, २००६ मा बारणासी र मुम्बईमा भएको हमला, सन् २००७ मा हैदराबाद, सन् २००८ मा जयपुर, अहमदाबाद, नयाँ दिल्ली र मुम्बई, पछिल्लोपटक सन् २०१५ र १५ मा पञ्जाबको गुर्दासपुर र पठानकोठमा भएको हमला : यी सबैमा पाकिस्तानी आतंकवादीहरुकै संलग्नता थियो । हमलाको जिम्मा पनि पाकिस्तानका अनेकन आतंकवादी संगठनहरुले नै लिएका थिए ।


पाकिस्तान आश्रित जैश–ए–मोहम्मद नामक आतंकवादी संगठनले पुलवामा हमला गराएपछिको तस्बीर । 

आफ्नै भूमीमा पालित–पोषित आतंकवादीहरुले बारम्बार छिमेकी मुलुकमा हमला गरिरहेको स्थिति, आतंकवादका कारण विश्वभर बदनाम बनेको मुलुकको छवी, आतंकवादकै कारण बढिरहेका गरिबी र आसन्न आर्थिक संकटलाई ईमरान खानले नबुझेका होईनन । तर, बुझेर पनि त्यसैमा सत्ताको रोटी सेकाउन उनले पनि कुनै कसर बाँकी राखेनन । 

१८ अगस्ट २०१८ मा प्रधानमन्त्रीपदको सपथ लिएपछि खानले के हेरेर बसिरहेका थिए ? किन उनले आतंकवादी संगठनविरुद्ध कडा कदम चालेनन् ? किन पाकिस्तान आश्रित आतंकवादीहरुको क्याम्प बन्द गराएनन र उनीहरुमाथि दबाब दिन सकेनन ? यी प्रश्नको जवाफ पाकिस्तानी अधिकारीहरुले कहिल्यै दिने छैनन । किनकी, आतंकवादसँगको निकाहालाई उनीहरु तलाकमा बदल्न चाहँदैनन । किनकी पाकिस्तानी सत्ता, सेना, सरकार र राजनीति त्यसैमा अडेको छ । 


पाकिस्तानमा तालिम र प्रचार गरिरहेका ईस्लामिक स्टेटका लडाकूहरु ।

यदी यसो हुँदैनथ्यो भने पाकिस्तानमा ईमरान खान प्रधानमन्त्री बनेको ५ महिनाको अवधिपछि जैश–ए–मोहम्मदले भारतको जम्मु–श्रीनगर नेसनल हाईवेमा गुडिरहेको प्रहरीको गाडीमाथि आतंकवादी हमला गर्ने योजना नै बनाउन पाउँदैनथ्यो । भारत–पाकिस्तानबीचको सिमाविवाद शान्तीपूर्ण मध्यस्थतामा टुंगिन सक्थ्यो र दक्षिण एसियामा शान्ती स्थापनाका लागि सत्कर्म गरेको भन्दै खानको प्रशंसा हुनसक्थ्यो ।

तर, खानले पुलवामा आक्रमणपछि जसरी भारतमाथि रिसिईबी साँधे र आतंकवादी अखडा भत्काउन उडेको लडाकु जहाज खसालिदिए, त्यसले आतंकवाद नियन्त्रणप्रति उनको बोली र ब्यवहार अमिल्दो रहेको पुष्टि भैसकेको छ ।

सम्बन्धित समाचारहरू ः

 


मन्दिरमा तीर्थालुहरुबीच भागदौड, चार जनाको मृत्यु
मन्दिरमा तीर्थालुहरुबीच भागदौड, चार जनाको मृत्यु

एजेन्सी । भारतको एक मन्दिरमा भागदौड हुदाँ चार जनाको मृत्यु भएको छ ।  पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार..

कश्मीर मामिलामा नेपाललाई मुछ्न खोज्दै पाकिस्तान 
कश्मीर मामिलामा नेपाललाई मुछ्न खोज्दै पाकिस्तान 

पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति काठमाडौं । जम्मु–कश्मीरलाई विशेषाधिकार दिने संविधानको अनुसूची ३७० खारेज गरेपछि भारतसँग क्रुद्ध बनेको पाकिस्तान..

पाकिस्तानका रेलमन्त्री बेलायतमा कुटिए
पाकिस्तानका रेलमन्त्री बेलायतमा कुटिए

काठमाडौं । विवादित भाषण र बयानबाजीका कारणका चर्चामा आईरहने पाकिस्तानका रेलमन्त्री शेख रशीद बेलायतको लण्डनमा कुटिएका छन् । रशीस तिनै व्यक्ति हुन् : जसले जम्मु–क..

सेनाले गरेको हवाई कारबाहीमा २० तालिबानको मृत्यु
सेनाले गरेको हवाई कारबाहीमा २० तालिबानको मृत्यु

अफगानिस्तान । उत्तरी प्रान्त बाल्खमा अफगानिस्तानको हवाई सैन्य सेनाले गरेको कारबाहीमा परी २० जना तालिबानको ज्यान गएको छ । त्यस क्षेत्रमा तालिबानको बस्ती रहेको सूचनाका आधारमा..