उद्योगमन्त्री मातृका यादवले भने- ''नेपालमा लगानी गर्नुस !''


नेपालपाना प्रकाशित: २०७६-१-६ गते
उद्योगमन्त्री मातृका यादवले भने- ''नेपालमा लगानी गर्नुस !''

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विभिन्न देशका मन्त्रीहरुसँग नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

मन्त्री यादवले बहराइनका उद्योग तथा पर्यटनमन्त्री जायद आर अलजायनी, मौरिटसका व्यापार, उद्यम तथा सहयोगमन्त्री सोमिलदूथ भोलाह र श्रीलङ्काका विकास योजना तथा अन्तर्राष्ट्रिय व्यापार सहायकमन्त्री नलिन बनडारासँग भएको द्विपक्षीय भेटका क्रममा लगानी गर्न आग्रह गरिएको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उद्योग सचिव यामकुमारी खतिवडा, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससहितको टोलीले सोमबार गरेको भेटका क्रममा नेपालले लगानी प्रवद्र्धन गर्न गरेको नीतिगत एंव संस्थागत व्यवस्थाका बारेसमेत छलफल भएको राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भेटमा तीनै टोलीका मन्त्रीले सहकार्यमा जोड दिइएको थियो।







साताको तेस्रो दिन सेयर बजार केही सुधार
साताको तेस्रो दिन सेयर बजार केही सुधार

काठमाडौं । मंगलबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनोे सुधार आएको छ । आज नेप्से ०.९६ अंकले वृद्धि भई १२६१.०७ अंकमा पुगेको हो । सेन्सेटिभ इ..

सुनको भाउले फेरि बनायो कीर्तिमान, अहिलेसम्मकै महंगो
सुनको भाउले फेरि बनायो कीर्तिमान, अहिलेसम्मकै महंगो

काठमाडौं । सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । मंगलबार सुनको भाउ बढेर तोलाको ६५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समित..

डलरको भाउ घट्दै, हेर्नुहोस विनिमयदर
डलरको भाउ घट्दै, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६७ पैसा र बिक्रीदर १११ रुपैयाँ २७ पैसा तोकेको छ । यस्तै, साउदी रियाल १ को खरिददर २९ रु..

७५३ स्थानीय सरकारले ४ खर्बभन्दा बढी आकारको बजेट ल्याउँदै 
७५३ स्थानीय सरकारले ४ खर्बभन्दा बढी आकारको बजेट ल्याउँदै 

काठमाडौं । आगामी आर्थिक बर्षका लागि आज अधिकांश स्थानीय सरकारहरुले आयव्यय विवरण (बजेट) ल्याउँदैछन् । केन्द्र र प्रदेश सरकारल यसअघि नै बजेट घोषणा गरिसकेका छन् । आम्दानीको खास..