अर्थतन्त्र चौपट बनेपछि पाकिस्तानी अर्थमन्त्रीले दिए राजीनामा ! गिर्दो अर्थतन्त्रमा अर्को झड्का लाग्ने खतरा


नेपालपाना प्रकाशित: २०७६-१-६ गते
अर्थतन्त्र चौपट बनेपछि पाकिस्तानी अर्थमन्त्रीले दिए राजीनामा ! गिर्दो अर्थतन्त्रमा अर्को झड्का लाग्ने खतरा

(आजतकबाट अनुवादित)

पाकिस्तानको आर्थिक स्थिति सुधार्ने कोशिस गरिरहेका अर्थमन्त्री असद उमरले राजीनामा दिएका छन् । चरम आर्थिक संकटमा फसिरहेको पाकिस्तानले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग राहत प्याकेज मागिरहेकै बेला अर्थमन्त्री उमरले राजीनामा दिएका हुन् ।

उमरले राजीनामाबारे स्पष्ट पार्दै एक ट्वीट गरेका छन्, जसमा प्रधानमन्त्री ईमरान खानले आफुलाई अर्थ मन्त्रालयबाट ऊर्जा मन्त्रालयमा सार्न खोजेको र खानकै सहमतिअनुसार आफुले राजीनामा दिएको उमरले उल्लेख गरेका छन् ।  

आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानले अर्थमन्त्री उमरकै नेतृत्वमा आईएमएफसँग वार्ता गरिरहेको थियो । पाकिस्तानले यसअघि नै आर्थिक सहायताका लागि १२ पटक आईएमएफको ढोका ढक्ढक्याईसकेको छ । तर आर्थिक समस्या बढ्दै जानु र आईएमएफले खासै राम्रो जवाफ दिने अवस्था रहनेपछि यसअघि नै उमरलाई वित्त मन्त्रीबाट हटाईने अनुमान गरिएको थियो । 

पाकिस्तानका कैयौं औद्योगिक समूह र लगानीकर्ताहरुले आईएमएफबाट राहत प्याकेज ल्याउनुको साटो चीन र साउदी अरबबाट साना–साना ऋण लिनेतर्फ लागेका कारण उमरसँग असन्तुष्ट थिए ।  

पाकिस्तानी अखबारका सम्पादकीयहरुमा उल्लेख भएअनुसार अर्थमन्त्री उमरले पाकिस्तानी शक्तिशाली सेनालाई चिढ्याएका थिए । जबकी ईमरान खानलाई पाकिस्तानी सेनाले दुलाहाकै रुपमा लिन्छन् । जबकी, पाकिस्तानको अर्थव्यवस्था र विदेश नीति लगभग सेनाकै नियन्त्रणमा छ । 

पतनतर्फ उन्मुख भईरहेको अर्थव्यवस्था र आईएमएफसँग राहत प्याकेज लिन भईरहेको ढिलाईलाई लिएर पछिल्ला महिनामा पाकिस्तानको 'स्टान्डर्ड एण्ड पोर' वैश्विक रेटिङ नकारात्मक बनिरहेको छ । 

पाकिस्तानी मुद्राको गिर्दो विनिमयदरका कारण आईएमएफले यसअघि नै दुईपटक आर्थिक प्याकेज उपलब्ध गराउने छलफलमा पछि हटिसकेको छ । पछिल्ला दिनमा सम्झौता हुने सम्भावना चाहिँ देखिएको छ । अर्थमन्त्रीबाट राजीनामा दिएका उमर गतसाता यही कामका लागि छलफल गर्न आईएमएफ मुख्यालय वासिंगन गएका थिए । 

आईएमएफले फेरि अप्रिल महिनाको अन्त्यतिर आफ्नो प्रतिनीधिमण्डल पाकिस्तान पठाउन लागेको जनाएको छ । यसकारण पाकिस्तानले तत्काल राहत प्राप्त गर्न अझै निकै समय कुर्नुपर्ने देखिएको छ । 

ईस्लामाबादमा रहेको सस्टेनेबल डिभलपमेन्ट पोलिसी ईन्टिच्युटका कार्यकारी निर्देशक वकार अहमदका अनुसार अब आईएमएफले दिने प्याकेज प्राप्त गर्न निकै समय लाग्नेछ, किनकी नयाँ अर्थमन्त्रीले यो प्रकृया बुझ्न नै लामो समय गुजार्नुपर्नेछ ।

गत अगस्टमा सत्ता सम्हालेदेखि नै खान सरकारले मुलुकको भुक्तानी सन्तुलन संकटको सामना गरिरहेको छ । पाकिस्तानको सरकारी ढुकुटी लगभग रित्तिईसकेको छ, जसका कारण पूर्व क्रिकेटर ईमरान खानलाई सामाजिक कल्याणका योजना कार्यान्वयन गर्न समेत सफलता मिलिरहेको छैन ।

यस्तो अवस्थामा ईस्लामावादले आफृ्ना मित्रराष्ट्रहरु साउदी अरब र युएईसँग वित्तीय प्याकेट र चीनबाट सकेजति कर्जा लिन सफलता पाईरहेको छ । तर अर्थशास्त्री र उद्योगपतिहरुले पाकिस्तान सरकारलाई कर र निर्यातको मुद्धामा स्पष्ट योजना ल्याउन भनिरहेका छन् । 

पछिल्लो महिना पाकिस्तानको केन्द्रीय बैंकले आर्थिक बृद्धिदरमा गिरावट आउने भविष्यवाणी गरिसकेको छ । साथै, अघिल्लो पाँच बर्षको तुलनामा निकै महंगो ब्याजदर समेत निर्धारण गरेको थियो । पाकिस्तानी मुद्रा रुपी पनि २०१७ को डिसेम्बरयता ३५ प्रतिशतले थप कमजोर बनिसकेको छ । 







झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते
झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते

भारत । पूर्वी राज्य झारखण्डमा मङ्गलबार भएको एक सडक दुर्घटनामा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् ।  झारखण्डको गडवा जिल्लामा स्थानीय समयाअनुस..

एकै साथ २४ ओटा भूउपग्रह अन्तरिक्षमा
एकै साथ २४ ओटा भूउपग्रह अन्तरिक्षमा

काठमाडौं । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ ओटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हाँसिल गरेको छ । विश्वकै धनाढ्य एलन मस्कको अगुवाइमा स्थापित ‘स्..

इबोला संक्रमणबाट कंगोमा १५०० जनाको मृत्यु
इबोला संक्रमणबाट कंगोमा १५०० जनाको मृत्यु

किन्सासा । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला रोगका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ५ सयभन्दा बढी पुगेको छ।स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार इबोलाका..

जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै
जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै

वशिंटन डीसी । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति ट्रम्प..