पब्जीमा प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश


नेपाल पाना प्रकाशित: २०७६-१-६ गते
पब्जीमा प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । पब्जी प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडाबाट सरकारको नाममा आज(शुक्रबार) अन्तरिम आदेश जारी भएको हो । गत वैशाख ३ गते पब्जीमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

अधिवक्ताहरु प्रविण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौडेल, विना रिमालले संविधानप्रदत मौलक हकविरुद्ध सरकारले प्रतिबन्ध लगाएको भन्दै रिट निवेदन दर्ता गराएका थिए । सरकारले गत चैत २८ गते पब्जी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

नेपाल प्रहरीको केन्द्रिय प्रहरी व्यूरोको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जीमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । प्राधिकरणले बिहीबारै इन्टरनेट सेवा प्रदायकहरुलाई खेल बन्द गर्न निर्देशन दिएको थियो ।







पौडी खेल्न तालमा पसेका बुढा भेटिएनन 
पौडी खेल्न तालमा पसेका बुढा भेटिएनन 

सल्यान । पौडी खेल्न कुपिन्डे तालमा पसेका वनगाड कुपिण्डे नगरपालिका–८, का ३६ वर्षीय गोकुल बुढा तीन दिनदेखि तालभित्रै हराएका छन् ।    तीनजना साथीहरुसहित बुढा स..

रुपन्देहीमा अस्वाभाविक लोडसेडिङ, आएपनि हाफलाईन !
रुपन्देहीमा अस्वाभाविक लोडसेडिङ, आएपनि हाफलाईन !

रुपन्देही । सरकारले लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि रुपन्देहीमा बिनासूचना विद्युत कटौती हुने गरेको छ। गर्मीको समयमा अनियमित विद्युत आपूर्ति भएपछि स्थानीयवासीलाई समस्या भए..

वायुसेवा निगम डुब्न शुरु, २ अर्ब ९६ करोड रुपैयाँ किस्ता बुझाउन सकेन 
वायुसेवा निगम डुब्न शुरु, २ अर्ब ९६ करोड रुपैयाँ किस्ता बुझाउन सकेन 

काठमाडौं । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले एयरबस कम्पनीका चारवटा जेट विमान खरिदका लागि गरेको ३२ अर्ब ऋण लगानीको किस्ता नेपाल वायुसेवा निगमले तिर्न सकेको छैन । निगमल..

करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु
करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु

तनहुँ । म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर सोही ठाउँ निवासी २८ वर्षीया सीता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माधव घिमिरेको घरमा डे..