फेवातालमा बोटिङ्ग गरिरहेका तीन जना एक्कासी अलपत्र परेपछि...


नेपाल पाना प्रकाशित: २०७६-१-६ गते
फेवातालमा बोटिङ्ग गरिरहेका तीन जना एक्कासी अलपत्र परेपछि...

कास्की । फेलातालमा अलपत्र परेका ३ जनाको सशस्त्र प्रहरीले  सकुशल उद्धार गरेको छ । पोखराको लेकसाईडस्थित फेवातालमा बोटिङ्ग गरिरहेका तीन जना एक्कासी आएको हावाहुरीको कारण अलपत्र परेका थिए ।

तालमा बोटिङ्ग गरिरहेको बेला एक्कासी आएको हावाहुरीको कारण एक डुंगामा पानी पसेपछि तीन जना अलपत्र परेका परेका थिए ।  सो घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कास्की नम्बर २४ गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्धार गरेको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।

एक्कासी आएको हावाहुरीको कारण अलपत्र परेका सप्तरी जिल्लाको राजविराज वस्ने ४० वर्षिय बोलबम चौरसीया, २८ वर्षिय पुन्दन चौरसीय र १२ वर्षिय भाष चौरसीयालाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले तत्कालै उद्वार गरी सो तालबाट बाहिर निकालेको थियो ।







‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’
‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले सरकारले यो १७ महिनाको अवधिमा कुनैपनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् ।  उनले भने,‘सरकारले ठ्याक्कै नया..

सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 
सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 

सिन्धुली । बनेपा–बर्दिबास बीपी राजमार्गमा गुडिरहेको कार सुनकोशी नदीमा खस्दा एकै परिवारका दुई जनाको ज्यान गएको छ । कारमा सवार अन्य दुई जना घाईते भएका छन् ।  खोटाङ..

कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !
कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !

कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दलाई असफल पार्न नेपाल प्रहरीले भरपर्दो सुरक्षा रणनीति बनाएको दाबी..