सरस्वती सामुदायिक वनमा आगलागी, आगोलाई नेपाल प्रहरीले गरे नियन्त्रण


नेपाल पाना प्रकाशित: २०७६-१-६ गते
सरस्वती सामुदायिक वनमा आगलागी, आगोलाई नेपाल प्रहरीले गरे नियन्त्रण

दाङ । शान्तिनगर गाउँपालिका वडा नम्बर ४ स्थित सरस्वती सामुदायिक वनमा शुक्रबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ ।  

गाँउपालिका कार्यालय र चिरीयाघार बजारदेखि झण्डै डेढ सय मिटर पश्चिम तर्फको दूरीमा रहेको उक्त सामुदायिक वनमा बिहान ५ बजेतिर आगो लागेको जानकारी स्थानीयले गाँउपालिकाका अध्यक्ष कमानसिंह डाँगीलाई गरेका थिए ।

सामदायिक वनमा आगलागी भएको सूचना गाउँपालिकाका अध्यक्ष डाङ्गीले प्रहरी चौकी चिरीयाघाट दिएपछि प्रहरी र स्थानियले आगोलाई नियन्त्रणमा लिएका शान्तिनगर गाँउपालिकाले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक शेरबहादुर थापाको नेतृत्वमा खटिएको नेपाल प्रहरीको टोली, उक्त सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ता र स्थानीयको पहलमा आगोलाई नियन्त्रणमा लिएको र बस्ती तथा मानवीय क्षतिबाट जोखिएको प्रहरी चौकी चिरियाघाटले जनाएको छ ।


एकै पटक २३४ न्यायाधीश सरुवा
एकै पटक २३४ न्यायाधीश सरुवा

काठमाडौं । न्यायपरिषद्ले एकै पटक २३४ न्यायाधीश सरुवा गरेको छ । परिषद्ले बिहीबार निकालेको सरुवा सूचीअनुसार उच्च अदालतका ७८ र जिल्ला अदालतका १ सय ५६ न्यायाधीश सरुवा भएका छन्..

घुस रकमसहित २ जना कार्यालय परिसरबाटै पक्राउ 
घुस रकमसहित २ जना कार्यालय परिसरबाटै पक्राउ 

पोखरा । सडक डिभिजन कार्यालय दमौलीका अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । ..

अस्पतालमा सुत्केरी र शिशुको मृत्यु भएपछि...
अस्पतालमा सुत्केरी र शिशुको मृत्यु भएपछि...

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा सुत्केरीको मृत्युपछि अस्पताल तनावग्रस्त भएको छ । सुत्केरी हुन आएकी ३८ वर्षिय कल्पना तामाङको मृत्युपछि आफन्त..

लागूऔषध इन्जेक्सनसहित वीरगञ्जबाट एकजना पक्राउ
लागूऔषध इन्जेक्सनसहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज । वीरगञ्जबाट लागूऔषध इन्जेक्सनसहित पर्सा बीरगञ्ज महानगरपालिका(१९ नगवा ६५ वर्षीय मोहन पटेल पक्राउ परेका छन् । तिघ्रामा बेरेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागूऔषध..