राहुल गान्धी भारतीय नागरिक नभएको दाबी 


नेपालपाना प्रकाशित: २०७६-१-७ गते
राहुल गान्धी भारतीय नागरिक नभएको दाबी 

नयाँदिल्ली ।लोकसभा निर्वाचन जारी रहँदा प्रमुख प्रतिपक्षी भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीको राष्ट्रियता फेरि विवादमा तानिएको छ । 

इलाहाबाद उच्च अदालतको लखनउ बेञ्चले भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीको नागरिकता विवादबारे केन्द्र सरकारले इमानदारीपूर्वक छिट्टै निर्णय लिनुपर्ने बताएको छ । 

राहुल गान्धीको नागरिकताका विषयमा दर्ता भएको एउटा रिटमाथि सुनुवाइ गर्दै अदालतले कांग्रेस अध्यक्ष गान्धीको नागरिकताको सत्यतथ्यबारे सरकार इमानदार भएर निर्णय गर्नुपर्ने बताएको हो । 

रिटमा राहुल गान्धीले बेलायती नागरिक लिएकाले कानुनी हिसाबले भारतीय नागरिक नभएको आरोप लगाइएको थियो । यस विषयमा न्यायाधीशद्वय देवेन्द्रकुमार अरोडा र मनीष माथुरको संयुक्त इजलासले केन्द्र सरकारलाई चाँडै नै निर्णय गर्न निर्देशन दिएको छ ।

भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीमाथि बेलायती नागरिकता लिएको आरोप लगाइए पनि उनले भने यसलाई अफवाह फैलाइएको भन्दै आएका छन् ।







उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया
उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया

सोल । दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ। दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..