''सरकारी हुन्डी खाएर सत्ताधारी दलका कार्यकर्ता जनतामाथि जाईलाग्दैछन्'' : कांग्रेस नेता खतिवडा


नेपालपाना प्रकाशित: २०७६-१-७ गते
''सरकारी हुन्डी खाएर सत्ताधारी दलका कार्यकर्ता जनतामाथि जाईलाग्दैछन्'' : कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद रामहरी खतिवडाले सत्ताधारी दलका कार्यकर्ताहरुले सरकारी हुन्डी खाएर जनताविरुद्ध जाईलागेको बताएका छन् , 

पार्टीनिकट नेपाल विद्यार्थी संघ, विश्वभाषा क्याम्पस ईकाई समितिले आयोजना गरेको नेविसंघको ४९ औं स्थापना दिवस कार्यक्रमलाई उद्घाटन गर्दै खतिवडाले यस्तो बताएका छन् । 

सही ठाउँमा सही काम गर्ने लोकतन्त्रवादीहरु कहिल्यै पराजित नहुने दाबी गर्दै खतिवडाले विश्वभाषा क्याम्पस यसको उदाहरण भएको उल्लेख गरे । 

दुईतिहाई संसदीय मतका आधारमा सत्ता चलाईरहेको कम्युनिष्ट सरकारले प्रेस स्वतन्त्रता, मानव अधिकार र विद्यार्थीको हक–अधिकारी हनन गरेकाले त्यसलाई फर्काउन नेविसंघले लड्नपर्ने उनले बताए ।

नेविसंघ पञ्चायतसँग लडेको संगठन भएकाले कम्युनिष्टहरुले गरिरहेको अन्यायविरुद्ध लड्न पनि तयार रहन उनले निर्देशन दिए । 

नेविसंघ स्थापना दिवसका अवसरमा विश्वभाषा क्याम्पस ईकाईले शुभकामना आदानप्रदान, चियापान तथा भित्तेपात्रो वितरण कार्यक्रम आयोजना गरेको छ । 







नेकपा विवाद : विधानबाट राजनीतिक प्रतिवेदनमा फड्को हान्दा गोलमाल
नेकपा विवाद : विधानबाट राजनीतिक प्रतिवेदनमा फड्को हान्दा गोलमाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधानको प्रस्तावनाले स्पष्ट पारेका विषयलाई राजनीतिक प्रतिवेदनमा भने गोलमोटल भाषामा प्रस्तुत गरेको पाइएको छ। पार्टीको अन्तरिम विधान २..

‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’
‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।..

‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 
अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लोकप्रिय युवा नेता गगन थापाको अग्रगामी बाटोलाई केपी शर्मा ओली नेतृत्वको ओली सरकारले पनि पछ्याएको छ।  गगनले स्वास्थ्यमन..