दशककै ठूलाे भूमाफिया काण्डका नाइके गुप्ता र मतियारहरूकाे सम्पति रोक्का गर्न निर्देशन


नेपालपाना प्रकाशित: २०७६-१-७ गते
दशककै ठूलाे भूमाफिया काण्डका नाइके गुप्ता र मतियारहरूकाे सम्पति रोक्का गर्न निर्देशन

वीरगञ्ज । भूमि व्यवस्थापन तथा अभिलेख विभागले किर्ते जग्गा रजिस्ट्रेशन र किर्ते रसिदजस्ता विभिन्न धन्दा गरि राज्यकोषबाट झन्डै २ अर्ब रुपैयाँभन्दा बढी कुम्ल्याएका फरार नायव सुव्वा मदनप्रसाद गुप्ता र संलग्न मतियारहरुको घरजग्गा रोक्का राखि विवरण उपलब्ध गराउन देशभरका भूमीसुधार तथा मालपोत कार्यालय तथा मालपोत कार्यालयलाई पत्राचार गरेको छ ।

अख्तियारको टोलीले फागुन अन्तिम साता सिमरा र लगत्तै पर्सास्थित वीरगञ्ज मालपोत कार्यालयमा छापा मारि सम्पूर्ण कागजात जफत गरेको थियो । अख्तियारले छापा हान्नुअगावै गुप्ता र उनका सहयोगीहरू नेपालबाट भागिसकेका थिए । गुप्ताले गरेको भ्रष्टाचारबारे नेपालपानाले यसअघि नै प्रमाणसहित समाचार सार्वजनिक गरिसकेको छ । 

यो पनि पढ्नुहोस : फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

गुप्ता र उनका मतियारहरुले मध्य तराईका तीन जिल्ला बारा, पर्सा र रौतहटमा किर्ते रसिद तथा किर्ते जग्गा रजिष्ट्रेशनबाट ब्यापक अनियमितता गरेको प्रमाण सार्वजनिक भईसकेको छ । गुप्ताले गरेको अनियमितता यो दशककै सर्वाधिक ठूलो भूमाफिया काण्ड रहेका नियामक स्रोत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमान गरेको छ ।  

प्राप्त प्रमाणअनुसार गुप्ताले एउटै संकेत नम्बर राखी सेवाग्राहीलाई फरक–फरक मालपोत रसिद दिएका छन् । मालपोत कार्यालय पर्सा, वीरगंजमा रहँदा निजले जग्गा राजीनामा र बकसपत्र गरिएका छुट्टाछुट्टै रसिदमा एउटै संकेत नम्बर राखी राज्यले प्राप्त गर्नुपर्ने राजस्व कुम्ल्याएका हुन् । 

सरकारी किर्ते रसिद काटेर एकैपटक एउटै जग्गा कैंयनलाई बेचविखन वापतको करोडौं रकम तथा रजिष्ट्रेशन वापत सरकारी कोषमा जानुपर्ने अरबौं राजश्व तथा सार्वजनिक जग्गा किनबेचबाट प्राप्त रकम सिधै खल्तिमा हाल्न पल्किएका गुप्ताले यसबीचमा अर्बाैं रुपैयाँबराबरको सम्पति समेत जोडिसकेका छन् ।

अभिलेख विभागले यो घोटालाका मुख्य आरोपी मदन प्रसाद गुप्ता, उनकी श्रीमति लक्ष्मी साह (भारतीय नागरिक), मुख्य आरोपी मदन प्रसाद गुप्ताका छोरी रिंकी गुप्ता, छोरा विक्की गुप्ता, निरज कुमार रौनियार, कविता कुमारी, बृजलाल प्रसाद रौनियार, जुगुली प्रसाद तथा जगतनारायण प्रसाद यादवको नाममा रहेका घर जग्गाहरुको विवरण खोजतलास गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई जानकारीका लागि पत्र लेखेको छ ।










सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै तेजावी सुन..

कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)
कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)

काठमाडौं । आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २० पैसा र बिक्रीदर १११ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र..

रेमिट्यान्स २० प्रतिशतले बढ्यो
रेमिट्यान्स २० प्रतिशतले बढ्यो

काठमा‍डौं । वैदेशिक रोजगारीमा जाने क्रममा कमी देखिए पनि विप्रेषण आप्रवाह भने उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष..

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र..