भारतको निर्वाचनमा उम्मेदवारको प्रचार गर्दै नेकपाका विद्यार्थी नेता, द्विदेशीय कुटनीतिमा गम्भीर असर पर्ने जोखिम !


नेकपाकै नेताको विरोध, भने- ''नेपालको चुनावमा यस्तै भयो भने के हुन्छ ?'' 
नेपालपाना प्रकाशित: २०७६-१-७ गते
भारतको निर्वाचनमा उम्मेदवारको प्रचार गर्दै नेकपाका विद्यार्थी नेता, द्विदेशीय कुटनीतिमा गम्भीर असर पर्ने जोखिम !

काठमाडौं । भारतमा जारी लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) विरुद्ध उम्मेदवारी दिएका कन्हैया कुमारको चुनावी प्रचारमा नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी नेता परिचालित भएका छन् । 

बेगुसरायबाट निर्वाचन लडेका कन्हैयाको समर्थनमा नेकपाका विद्यार्थी नेताहरु करुणा पराजुली र अशेष घिमिरे खटिएका हुन् । उनीहरुले बेगुसराय नै पुगेर कन्हैयाका लागि चुनावी प्रचार गरिरहेको फोटो फेसबुकमा पोस्ट गरेका छन् ।

करुणा पराजुलीले फेसबुकमा लेखेकी छिन्-''कमरेड कन्हैयाको घर-गाउँ बेगुसराय आइपुग्यौ। नेपालबाट आएको देख्दा यहाँ धेरै कमरेड खुसी हुनुभएको छ।अहिले चुनावी प्रचार सभामा बख्री विधान सभा क्षेत्रतर्फ कन्हैया कमरेडसङै जादैछौ।''

नेकपाका नेताकै विरोध 
पार्टीका विद्यार्थी नेता तथा कार्यकर्ताले कुटनीतिक मर्यादा नाघेर भारतीय चुनावमा उम्मेदवारको प्रचार गर्दै हिँडेपछि नेकपाकै नेताले त्यसको विरोध गरेका छन् ।

पूर्व कानूनमन्त्री एवं सिन्धुपाल्चोक–२ का प्रतिनीधिसभा सदस्य शेर बहादुर तामाङले विद्यार्थी नेताहरुको यस्तो हर्कतको विरोध गरेका हुन् ।

कन्हैयाको चुनाव प्रचारमा खटिएकी करुणा पराजुलीको फेसबुक पोस्टमा कमेन्ट गर्दै तामाङले यो विवादास्पद भएको भविष्यमा भारतीय नागरिकहरुले नेपालको निर्वाचनमा यस्तै हर्कत देखाए के भन्ने भनी सोधेका छन् । 

पराजुलीको स्ट्याटसमा कमेन्ट गरेका डा. चिरञ्जीवि पन्तले पनि याे काम निकै नराम्रो भएको र कुटनीतिक मर्यादामा ध्यान दिनुपर्ने भन्दै फेसबुकको क्याप्सन सच्याउन सुझाएका छन् ।







नेकपा विवाद : विधानबाट राजनीतिक प्रतिवेदनमा फड्को हान्दा गोलमाल
नेकपा विवाद : विधानबाट राजनीतिक प्रतिवेदनमा फड्को हान्दा गोलमाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधानको प्रस्तावनाले स्पष्ट पारेका विषयलाई राजनीतिक प्रतिवेदनमा भने गोलमोटल भाषामा प्रस्तुत गरेको पाइएको छ। पार्टीको अन्तरिम विधान २..

‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’
‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।..

‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 
अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लोकप्रिय युवा नेता गगन थापाको अग्रगामी बाटोलाई केपी शर्मा ओली नेतृत्वको ओली सरकारले पनि पछ्याएको छ।  गगनले स्वास्थ्यमन..