सेल्फी डाँडामा ट्रिपर दुर्घटना हुँदा चालक ठहरै


नेपाल पाना प्रकाशित: २०७६-१-७ गते
सेल्फी डाँडामा ट्रिपर दुर्घटना हुँदा चालक ठहरै

काभ्रे । काभ्रेको नमोबुद्ध २ सेल्फी डाँडाँमा ट्रिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

धुलिखेलबाट भकुण्डे जादै गरेको बा ३ ख ५३९६ नम्बरको ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । मृत्यु हुनेमा धादिङ थाक्रे गाउँपालिका ७ बस्ने बर्ष ४६ का केदारबहादुर बस्नेत रहेको जिल्ला ट्राफिक कार्यालय काभ्रेका असइ भिमसेन बिक्रम थापाले जानकारी दिए ।

सडकबाट करिब ३ सय मिटर तल पुगेको खालि ट्रिपर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गाडीले थिचिएका र खुट्टामात्रा देखा परेको अवस्थामा मृत फेला परेका चालकको शव दिउसो १ बजेमात्र निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।







वायुसेवा निगम डुब्न शुरु, २ अर्ब ९६ करोड रुपैयाँ किस्ता बुझाउन सकेन 
वायुसेवा निगम डुब्न शुरु, २ अर्ब ९६ करोड रुपैयाँ किस्ता बुझाउन सकेन 

काठमाडौं । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले एयरबस कम्पनीका चारवटा जेट विमान खरिदका लागि गरेको ३२ अर्ब ऋण लगानीको किस्ता नेपाल वायुसेवा निगमले तिर्न सकेको छैन । निगमल..

करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु
करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु

तनहुँ । म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर सोही ठाउँ निवासी २८ वर्षीया सीता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माधव घिमिरेको घरमा डे..

भरुवा बन्दुकसहित कालीबहादुर पक्राउ
भरुवा बन्दुकसहित कालीबहादुर पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका-१, स्थायी घर भई हाल फिदिम नगरपालिका ७..

नवलपुरमा सवारी दुर्घटना हुँदा नेविसंघ क्षेत्रीय सभापति अधिकारीको मृत्यु !
नवलपुरमा सवारी दुर्घटना हुँदा नेविसंघ क्षेत्रीय सभापति अधिकारीको मृत्यु !

नवलपरासी । सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका २ इलाका प्रहरी कार्यालय अगाडि ट्रकले ठक्कर दिँदा मोटरसाइलमा सवार तिलचन्द्र अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। अधिका..