ला लिगा फुटबलमा आज बार्सिलोना र रियल सोसिडाड भिड्दै


नेपाल पाना प्रकाशित: २०७६-१-७ गते
ला लिगा फुटबलमा आज बार्सिलोना र रियल सोसिडाड भिड्दै

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोना र रियल सोसिडाड बिच प्रतिस्पर्धा हुँदैछ । लिग लिडर बार्सिलोना र १० औं स्थानमा रहेको सोसिडाड बिचको खेल आज राति १२ः३० बजे बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ ।

ला लिगामा आज लाल सेल्टा भिगो र जिरोना बिच पनि प्रतिस्पर्धा हुदैछ । त्यस्तै एइबार विरुद्ध एथ्लेटिको मड्रिड र रायो भालेकानो विरुद्ध हुएस्का पनि मैदान उत्रदैछन् ।

जारी सिजन उपाधि दावेदार बार्सिलोना रियल सोडिडालाई पराजित गरी आफ्नो यात्रालाई सहज बनाउन चाहान्छ । लिग लिडर बार्सिलोनालाई पराजित गरेर सोसिडाड पनि आफूलाई उत्कृष्ठ ६ टोली भित्र राख्ने दाउमा छ ।

जारी सिजनमा ३२ खेल खेलेको बार्सिलोना ७४ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडले समान खेलबाट ६५ अंक जोडेको छ । ९ अंकले अघि बार्सिलोना उच्च मनोबलका साथ मैदान उत्रदैछ । ३२ खेल खेलेको सोसिडाडले भने ४१ अंक जोडेको छ ।

तीन दिन अघि घरेलु मैदानमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गर्दै युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गरेको बार्सिलोनाले आज  आफ्नै घरमा खेल्न लागेको हो ।







महिला विश्वकप: क्वाटरफाइनलमा अमेरिका र स्वीडेन
महिला विश्वकप: क्वाटरफाइनलमा अमेरिका र स्वीडेन

काठमाडौं । साविक विजेता अमेरिका र स्वीडेन महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको प्रि-क्वाटरफाइनलमा स्पेनलाई २-१ ग..

विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै बंगलादेशले राख्यो 'रेकर्ड नै रेकर्ड'
विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै बंगलादेशले राख्यो 'रेकर्ड नै रेकर्ड'

एजेन्सी । बेलायतमा जारी आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ । साथै, यो खेलमा बंगलादेशी खेलाडी शाकीव..

प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित 
प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित 

भीमदत्तनगर । आजदेखि यहाँ शुरु भएको मनसुनका कारण कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित भएको छ । आइतबार दिउँसो तय भएको सशस्त्र प्रहरीक..

कतारलाई २–० ले हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा
कतारलाई २–० ले हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दै अर्जेन्टिना समूह उपविजेताको रुपमा दोस्रो चरण प्रव..