सत्तारुढ नेकपाको एकीकरण र भागबण्डा आज टुंगिँदै


नेपालपाना प्रकाशित: २०७६-१-८ गते
सत्तारुढ नेकपाको एकीकरण र भागबण्डा आज टुंगिँदै

काठमाडौं । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएको ११ महिनापछि बल्ल आज एकीकरणका सबै काम टुंगिन लागेको नेताहरुले दाबी गरेका छन् । 

एकीकरण प्रकृयामा भागबण्डाको विषय पेचिलो बन्दै गएपनि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल कहिले चन्द्रागिरी त कहिले सुकुटेतिर तनाव भुलाउन कुदिरहेका थिए । 

एकताका काम सक्न भन्दै आज नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच छलफल डाकिएको छ । यो छलफलबाट एकीकरण प्रकृयालाई अन्तिम रुप दिईने नेकपाको दाबी छ । 

पूर्व माओवादीसँग भागबण्डा मिलेपनि पूर्व एमालेकै माधव नेपाल समूहले कम आँकेको भन्दै एकीकरणका काममा असन्तुष्टि जनाईरहेको थियो । यसपछि शुक्रबार र शनिबार पार्टीका दुई अध्यक्षसहित विष्णु पौडेलसँग छलफल गरेका नेपालले एकीकरणका सम्बन्धमा छलफल गरी एकता प्रकृयालाई टुंग्याउने सैद्धान्तिक सहमति गरेका थिए ।

जिल्लासहितका तल्लो तह तथा जनवर्गीय संगठनहरुको एकता पछिल्लो ११ महिनादेखि अलपत्र परेको थियो । आफू विदेश भ्रमणमा रहेका बेला प्रदेश नेतृत्व र प्रदेश कमिटीको एकता प्रकृयालाई टुंग्याइएको भन्दै नेपाल पक्ष सन्तुष्ट थिएन ।







नेकपा विवाद : विधानबाट राजनीतिक प्रतिवेदनमा फड्को हान्दा गोलमाल
नेकपा विवाद : विधानबाट राजनीतिक प्रतिवेदनमा फड्को हान्दा गोलमाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधानको प्रस्तावनाले स्पष्ट पारेका विषयलाई राजनीतिक प्रतिवेदनमा भने गोलमोटल भाषामा प्रस्तुत गरेको पाइएको छ। पार्टीको अन्तरिम विधान २..

‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’
‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।..

‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 
अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लोकप्रिय युवा नेता गगन थापाको अग्रगामी बाटोलाई केपी शर्मा ओली नेतृत्वको ओली सरकारले पनि पछ्याएको छ।  गगनले स्वास्थ्यमन..