प्रतिबन्ध नहटाए प्रतिरोध गर्ने विप्लवको चेतावनी, विज्ञप्तिमा भने : "हामीलाई बाध्य नपारियोस'' (विज्ञप्तिसहित)


नेपालपाना प्रकाशित: २०७६-१-८ गते
प्रतिबन्ध नहटाए प्रतिरोध गर्ने विप्लवको चेतावनी, विज्ञप्तिमा भने : "हामीलाई बाध्य नपारियोस'' (विज्ञप्तिसहित)

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग तत्काल प्रतिबन्ध फुकाउन माग गरेको छ । 

पार्टी महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रतिबन्ध नहटाए, पार्टी नेतारकार्यकर्ताको गिरफ्तारी नरोके, पार्टीमाथिको दमन नरोके सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा शुक्रबार केन्द्रीय सदस्य चुडामणि ओली, चन्द्रबहादुर खड्का र विश्वलाई सरकारले फेरि गिरफ्तारी गरेको उल्लेख छ।

‘यदि केपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं। हामी अहिले पनि भन्दछौं हामीलाई बाध्य नपारियोस्,’ विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

जनतालाई साथमा लिएर गरिने प्रतिरोधको परिणामको जिम्मेवार सरकार हुने चेतावनी पनि विप्लवले दिएका छन्। सरकारले गत फागुन २८ गते विप्लव नेतृत्वको समूहका क्रियाकलापमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।







प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’
‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’

पोखरा । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका छन् । पोखरामा बिहीबार बिहान पत्रकारहरूसँग कुराका..

पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम
पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री संजयकुमार गौतमले पूर्वाधारको नाममा शक्तिशाली पोस्ने गरी बजेट आएको आरोप लगाएका छन् । ‘देशभर सयौं सडकमा करोडका दरले बजेट क..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..