फियोरेन्टिनालाई पराजित गर्दै युभेन्ट्सले जिते आठौं पटकको उपाधि


नेपाल पाना प्रकाशित: २०७६-१-८ गते
फियोरेन्टिनालाई पराजित गर्दै युभेन्ट्सले जिते आठौं पटकको उपाधि

काठमाडौं ।  गएराति भएको खेलमा फियोरेन्टिनालाई २-१ गोलअन्तरले पराजित गर्दै युभेन्ट्सले लगातार आठौं पटक उपाधि जितेको छ ।

घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर युभेन्ट्सले जित निकालेको हो । मिलेनकोभिकले खेलको छैटौं मिनेटमा गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिएका थिए ।

खेलको ३७ औं मिनेटमा सान्ड्रोले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । त्यसपछि खेलको ८३ औं मिनेटमा जर्मनले आत्मघाती गोल गर्दा युभेन्ट्सले २-१ को जित निकालेको हो ।

युभेन्ट्सले लगातार ८ सिजन सिरी ‘ए’ को उपाधि जितेर कीर्तिमान बनाएको छ । लिगका केही खेल बाँकी रहँदै उपाधि जित्ने क्रममा युभेन्ट्सले ३३ खेलबाट ८७ अंक जोडेको छ ।

युभेन्ट्स दोस्रो स्थानको नेपोली २० अंकले अघि रहेको छ । समग्रमा युभेन्ट्सको यो ३५ औं लिग उपाधि हो । युभेन्ट्सको महिला टोलीले पनि शनिबार नै सिरी ‘ए’ को उपाधि जितेको थियो ।







नेपाली लिग च्याम्पियन: मनाङको लज्जास्पद हार
नेपाली लिग च्याम्पियन: मनाङको लज्जास्पद हार

काठमाडौ । नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले एएफसी कपअन्तर्गतको पाँचौ चरणको खेलमा लज्जास्पद हार बेहोरेको छ । पाँचौ खेलमा मनाङले बंगलादेशको ढाका अवहान..

विश्वकप क्रिकेट : न्युजिल्याण्डसँग दक्षिण अफ्रिका ४ विकेटले पराजित, विलियम्सनले बनाए शतक
विश्वकप क्रिकेट : न्युजिल्याण्डसँग दक्षिण अफ्रिका ४ विकेटले पराजित, विलियम्सनले बनाए शतक

म्यानचेस्टर । बेलायतमा जारी आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकालाई ४ विकेटले हराएर लगातार चौथो जीत निकाल्दै न्यूजिल्याण्ड प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । ..

गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशको विजयी
गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशको विजयी

कञ्चनपुर । महेन्द्रनगरमा आयोजित प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९..

भारतसँग हारेपछि पाकिस्तानी क्रिकेटरले आफ्नै टीमको बेइज्जती गरे 
भारतसँग हारेपछि पाकिस्तानी क्रिकेटरले आफ्नै टीमको बेइज्जती गरे 

नयाँदिल्ली । बेलायतको म्यानचेस्टरमा जारी आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा भारतसँग लज्जास्पद हार ब्यहोरेपछि पाकिस्तानी क्रिकेटरले आफ्नै टीमको धज्जी उडाएका छन् । प..