सिरहाका २८ दलित परिवारको जग्गा थाहै नदिई बेचियो, जनप्रतिनीधिकै संलग्नता !


नेपालपाना प्रकाशित: २०७६-१-९ गते
सिरहाका २८ दलित परिवारको जग्गा थाहै नदिई बेचियो, जनप्रतिनीधिकै संलग्नता !

काठमाडौं । सिरहाको मिर्चैया नगरपालिकामा दुई दलितबस्ती भूमाफियाले हडपेका छन् । मिर्चैया नगरपालिका–७ फूलबरियामा जम्मा ६ कट्ठा जग्गामा २८ घरधुरी दलित बस्छन् । उनीहरू यहाँ झन्डै ९० वर्षदेखि बसिरहेका छन् । तर, गत वर्ष स्थानीय जनप्रतिनिधिको मिलेमतोमा उनीहरूको जग्गा अरूले खरिद–बिक्री गरिदिएका छन् । 

स्थानीय ६५ वर्षीय घुरन रामका अनुसार सिरहाको कल्याणपुर जब्दीका जग्गाधनी हजारी साहू भनिने रामचन्द्र साहलाई झन्डै ९० वर्षपहिले नै जग्गाको रकम बुझाएर यहाँ बस्ती बसाइएको थियो । उतिवेला जमिनदारले अनेक बहाना बनाएर जग्गा पास गरिदिएनन् ।

अहिले दिवंगत हजारी साहूका नातिहरू श्रवणकुमार साह, दीपनारायण साह, सत्यनारायण साह, रामेश्वर साहलगायतले ९ मंसिर ०७५ मा धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरका जग्गा कारोबारी सुरेशकुमार महतोलाई दलितबस्ती रहेको ६ कट्ठा जमिन बिक्री गरेको स्थानीयले बताए । वडाध्यक्ष रामकुमार यादवले जग्गामा बस्ती तथा बाटोसमेत नरहेको सिफारिस दिएपछि जग्गा बिक्री भएको हो । 

सिंगै दलितबस्ती जग्गा दलालकहाँ बिक्री भएको सार्वजनिक भएपछि ६ पुस ०७५ मा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झासहितको टोली दलितबस्तीमा पुगेको थियो । उनीहरूले कानुनी प्रक्रियामा गए दलितको मुद्दा निःशुल्क लडिदिने आश्वासन दिएका थिए । तर, अहिले त्यो आश्वासन पूरा नभएको पीडितको गुनासो छ ।

यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।







चट्याङले भेट्दा दाङ र रुपन्देहीमा ६ जनाको मृत्यु
चट्याङले भेट्दा दाङ र रुपन्देहीमा ६ जनाको मृत्यु

काठमाडौं । चट्याङ लागेर दाङ र रुपन्देहीमा गरी ६ जनाको मृत्यु भउको छ । ती मध्ये तीनजना बालक छन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ..

नेपालीसहित ७ जनाको हत्यारालाई डेढ सय वर्ष जेल
नेपालीसहित ७ जनाको हत्यारालाई डेढ सय वर्ष जेल

काठमाडौं । साइप्रसको निकोसिया अपराध अदालतले एक नेपाली महिलासहित ७ जनाको श्रृंखलाबद्ध रुपमा हत्या गरेका सेनाका क्याप्टेन निकोस मेटाक्सासलाई आजीवन कारावासको सजाय सुनाएको छ ।..

पार्टी गाभेको १३ महिनापछि प्रचण्डलाई ओलीको लोप्पा !
पार्टी गाभेको १३ महिनापछि प्रचण्डलाई ओलीको लोप्पा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी एकीकरण भएको १३ महिनापछि पुनः शीर्ष तहमा भएको सहमति लागू गर्ने कि नगर्ने भन्ने विवाद चुलिएको छ ।..

टेलिभिजन बन्द गराउने केबल व्यापारीलाई 'ब्याकफायर', क्लिनफिडमा अर्बौंको बजार
टेलिभिजन बन्द गराउने केबल व्यापारीलाई 'ब्याकफायर', क्लिनफिडमा अर्बौंको बजार

काठमाडौं । सोमबार दिउँसो ३ः०० बजेदेखि मङ्गलबार ३ः०० बजेसम्म केबल टेलिभिजन तथा डाइरेक्ट टु होम (डीटीएच) सेवा प्रदायकले २४ घण्टा विदेशी टेलिभिजन च्यानलको प्रसारण बन्द गरेपछि यति..