युक्रेनी नागरिकले हास्यकलाकारलाई राष्ट्रपति बनाउँदै, पत्रु राजनीति गर्नेलाई सवक !


नेपालपाना प्रकाशित: २०७६-१-९ गते
युक्रेनी नागरिकले हास्यकलाकारलाई राष्ट्रपति बनाउँदै, पत्रु राजनीति गर्नेलाई सवक !

कीभ । परम्परागत राजनीति पार्टीहरुले बारम्बार बेफकुव बनाएपछि युक्रेनका जनताले हास्यकलाकारलाई राष्ट्रपति बनाउन मतदान गरेका छन् । 

हास्यकलाकार भोलोडिमियर जेलेन्सकीले ७० प्रतिशतभन्दा बढी मत पाएको एक्जिट पोलहरुको विश्लेषण छ । राष्ट्रपतीय चुनावको मैदानमा सत्तासीन राष्ट्रपति पेट्रो पारोशोन्को र अन्य ३९ जना प्रतिष्पर्धीहरुलाई तह लगाउँदै जेलेन्सकी सबैभन्दा अगाडी देखिएका हुन् । 

वर्तमान राष्ट्रपति पारोशोन्कोले हास्यकलाकारसँग हार स्वीकार गरेका छन् । राजनीति नै नछाड्ने र समर्थकहरुको विश्वास नतोड्ने परम्परागत सन्देश उनले समर्थकहरुलाई दिएका छन् । 

एक्जिट पोलकै अनुसार नतिजा आए जेलेन्सकी पाँच वर्षको कार्यकालका लागि राष्ट्रपति पदमा चुनिने अन्तर्राष्टिय संचार माध्यमले जनाएका छन् । यदि एक्जिट पोल नतिजामा परिवर्तन भयो भने जेलेन्सकी पाँच वर्षको कार्यकालका लागि राष्ट्रपति पदका लागि छानिनेछन् ।

युक्रेनका राष्ट्रपतिको देशको सुरक्षा, रक्षा विभाग र विदेश नीतिमा विशेष प्रभाव हुन्छ । एक्जिट पोलका अनुसार निवर्तमान राष्ट्रपति पारोशोन्कोले २५ प्रतिशत मत प्राप्त गर्न सक्छन् । पारोशोन्को सन् २०१४ देखि युक्रेनका राष्ट्रपति छन् ।







प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’
‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’

पोखरा । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका छन् । पोखरामा बिहीबार बिहान पत्रकारहरूसँग कुराका..

पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम
पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री संजयकुमार गौतमले पूर्वाधारको नाममा शक्तिशाली पोस्ने गरी बजेट आएको आरोप लगाएका छन् । ‘देशभर सयौं सडकमा करोडका दरले बजेट क..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..