सरकारी सवारी: एक अधिकृतलाई दुई गाडी


नेपाल पाना प्रकाशित: २०७६-१-९ गते
सरकारी सवारी: एक अधिकृतलाई दुई गाडी

काठमाडौं । गृह मन्त्रालयमा ९० जना अधिकृतस्तरका कर्मचारी छन् । तर उनीहरूको प्रयोजनका लागि ल्याइएका गाडी भने १ सय ७४ वटा छन् । यसअनुसार कर्मचारी र सवारीसाधनको अनुपात १.९३ हुन्छ । अर्थात् एक अधिकृतको भागमा औसतमा दुई सवारी पर्छन् ।

संघीय सरकारअन्तर्गत २२ मन्त्रालय छन् । तिनमा १ हजार ५ सय ७७ सवारीसाधन चालू अवस्थामा छन् । अधिकृतस्तरका कर्मचारी भने १ हजार ३ सय २३ छन् । सवारीसाधन र अधिकृतस्तरका कर्मचारीबीचको अनुपात १.१९ हुन्छ ।  

सबैभन्दा बढी सवारी हुने मन्त्रालय हो, गृह । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भने अन्यको तुलनामा कम सवारी छन् । यसमा ७१ अधिकृतस्तरका कर्मचारीलाई ४६ वटा मात्र सवारी छन् । यसको अनुपात ०.६५ मात्र रहेको महालेखाको प्रतिवेदनले देखाउँछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अधिकृतस्तर कर्मचारी ९४ जना छन् । तर यहाँ उनीहरूका लागि १ सय ५१ सवारी छन् । यो १.६१ अनुपात हो । महालेखापरीक्षकको कार्यालयमा भने २ सय ६७ अधिकृतस्तरका कर्मचारीलाई ३७ मात्र सवारी छन् ।

यी उदाहरणले प्रस्ट्याउँछन्- कर्मचारी र सवारीसाधनको वितरणमा असमानता छ । त्यसैले महालेखाको प्रतिवेदनले पहुँच र प्रभावका आधारमा सवारीसाधन आफ्नो अधिनमा राख्ने प्रवृत्तिको अन्त्य गरी जनशक्ति र कामको आवश्यकताका आधारमा सवारीसाधन बढी भएको निकायबाट अन्य आवश्यक निकायमा सवारीसाधन हस्तान्तरणको व्यवस्था गर्न सुझाएको छ । 







चट्याङले भेट्दा दाङ र रुपन्देहीमा ६ जनाको मृत्यु
चट्याङले भेट्दा दाङ र रुपन्देहीमा ६ जनाको मृत्यु

काठमाडौं । चट्याङ लागेर दाङ र रुपन्देहीमा गरी ६ जनाको मृत्यु भउको छ । ती मध्ये तीनजना बालक छन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ..

नेपालीसहित ७ जनाको हत्यारालाई डेढ सय वर्ष जेल
नेपालीसहित ७ जनाको हत्यारालाई डेढ सय वर्ष जेल

काठमाडौं । साइप्रसको निकोसिया अपराध अदालतले एक नेपाली महिलासहित ७ जनाको श्रृंखलाबद्ध रुपमा हत्या गरेका सेनाका क्याप्टेन निकोस मेटाक्सासलाई आजीवन कारावासको सजाय सुनाएको छ ।..

पार्टी गाभेको १३ महिनापछि प्रचण्डलाई ओलीको लोप्पा !
पार्टी गाभेको १३ महिनापछि प्रचण्डलाई ओलीको लोप्पा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी एकीकरण भएको १३ महिनापछि पुनः शीर्ष तहमा भएको सहमति लागू गर्ने कि नगर्ने भन्ने विवाद चुलिएको छ ।..

टेलिभिजन बन्द गराउने केबल व्यापारीलाई 'ब्याकफायर', क्लिनफिडमा अर्बौंको बजार
टेलिभिजन बन्द गराउने केबल व्यापारीलाई 'ब्याकफायर', क्लिनफिडमा अर्बौंको बजार

काठमाडौं । सोमबार दिउँसो ३ः०० बजेदेखि मङ्गलबार ३ः०० बजेसम्म केबल टेलिभिजन तथा डाइरेक्ट टु होम (डीटीएच) सेवा प्रदायकले २४ घण्टा विदेशी टेलिभिजन च्यानलको प्रसारण बन्द गरेपछि यति..