युएईमा ०७५ मा गयो १०३ नेपालीको ज्यान


नेपाल पाना प्रकाशित: २०७६-१-९ गते
युएईमा ०७५ मा गयो १०३ नेपालीको ज्यान

युएई । युएईमा ०७५ सालमा मृत्यु हुने नेपालीको सख्या १०३ रहेको छ । नेपाली दूतावास आबुधाबीको तथ्यांक अनुसार ०७५ सालमा ८ महिला र ९५ जना पुरुषको मृत्यु भएको छ । 

यो ०७५ साल वैशाख १ देखि चैत २९ गतेसम्मको विवरण हो । प्राकृतिक र आत्महत्याका कारण मृत्यु हुनेको सख्या धेरै छ । २ महिला र ५० जना पुरुषको प्राकृतिक कारणले मृत्यु भएको छ । त्यस्तै २ महिला र २९ जना पुरुषले आत्महत्या गरेका छन् ।

प्राकृतिक कारणमा रक्सी खाएर, हृदयघात, मष्तिस्क पक्षपातलगायतले मृत्यु हुने गरेको छ । यस्तै दुर्घटनामा १८ जनाको मृत्यु भएको र २ जनाको हत्या भएको दूतावासले जानकारी दिएको छ । मृत्यु भएका सबैको शव नेपाल पठाइसकिएको छ ।

विदेशमा मादक पदार्थको सेवन गरेर हुने झगडा, अस्वस्थ्य खानपान तथा सडक प्रयोगको अज्ञानतालगायतले मृत्यु भएको छ । विभिन्न कारणले मृत्यु भएका कामदारको परिवारले पाउने क्षतिपूर्ति दिलाउन दूतावासले पहल गर्दै आएको छ ।

दुई महिनाअघि दूतावासले निकालेको तथ्यांकअनुसार यहाँ मृत्यु भएका ४ जना नेपालीको परिवारले क्षतिपूर्ति वापत २ करोड १० लाख रुपैयाँ ब्लडमनी पाएका छन् भने अन्य ३१ जनाको अदालती प्रकृया चलिरहेको छ ।







पौडी खेल्न तालमा पसेका बुढा भेटिएनन 
पौडी खेल्न तालमा पसेका बुढा भेटिएनन 

सल्यान । पौडी खेल्न कुपिन्डे तालमा पसेका वनगाड कुपिण्डे नगरपालिका–८, का ३६ वर्षीय गोकुल बुढा तीन दिनदेखि तालभित्रै हराएका छन् ।    तीनजना साथीहरुसहित बुढा स..

रुपन्देहीमा अस्वाभाविक लोडसेडिङ, आएपनि हाफलाईन !
रुपन्देहीमा अस्वाभाविक लोडसेडिङ, आएपनि हाफलाईन !

रुपन्देही । सरकारले लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि रुपन्देहीमा बिनासूचना विद्युत कटौती हुने गरेको छ। गर्मीको समयमा अनियमित विद्युत आपूर्ति भएपछि स्थानीयवासीलाई समस्या भए..

वायुसेवा निगम डुब्न शुरु, २ अर्ब ९६ करोड रुपैयाँ किस्ता बुझाउन सकेन 
वायुसेवा निगम डुब्न शुरु, २ अर्ब ९६ करोड रुपैयाँ किस्ता बुझाउन सकेन 

काठमाडौं । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले एयरबस कम्पनीका चारवटा जेट विमान खरिदका लागि गरेको ३२ अर्ब ऋण लगानीको किस्ता नेपाल वायुसेवा निगमले तिर्न सकेको छैन । निगमल..

करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु
करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु

तनहुँ । म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर सोही ठाउँ निवासी २८ वर्षीया सीता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माधव घिमिरेको घरमा डे..