ब्रेकफेल भइ पिकअप दुर्घटना, एक जनाको मृत्यु, ४ जना घाइते


नेपाल पाना प्रकाशित: २०७६-१-९ गते
ब्रेकफेल भइ पिकअप दुर्घटना, एक जनाको मृत्यु, ४ जना घाइते

उदयपुर । ब्रेकफेल भइ पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित कुलुङ भन्ने स्थानमा पिकअप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

आइतबार अपरान्ह साढे ५ बजेको समयमा चतराबाट बेलका नगरपालिका–८ कोठु हुँदै मैनामैनी मयामतर्फ जाँदै गरेको को१ज १६१५ नम्बरको पिकअप गाडी ब्रेकफेल भएर पछाडी सरेर दुर्घटना भएको थियो ।

दुर्घटनामा पिअपमा सवार बेलका–७ मैनामैनी बस्ने वर्ष २३ को मनोज राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । चालकसहित पिअपमा सवार ४ जनामध्ये बेलका–८ बस्ने ३५ वर्षीया चरकुमारी राई गम्भीर घाइते भएकी छन् ।







दुर्घटनामा घाईते भएका नगरप्रवक्ता भट्टको मृत्यु
दुर्घटनामा घाईते भएका नगरप्रवक्ता भट्टको मृत्यु

बैतडी । पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको आज बिहान मृत्यु भएको छ । पुर्चौडी नगरपालिका(४ का वडाध्यक्षसमेत रहेका भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको..

किशोरी सुतिरहेको ठाउँमा पुगि बलात्कारको प्रयास गरेपछि...
किशोरी सुतिरहेको ठाउँमा पुगि बलात्कारको प्रयास गरेपछि...

मकवानपुर । भीमफेदी गाउँपालिका–४ की एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धान पक्रिया अगाडि बढाएको छ । पीडित परिव..

नारायणी पुलमा झोला छाडेर हामफालिन् विमला 
नारायणी पुलमा झोला छाडेर हामफालिन् विमला 

चितवन । भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीया विमला कुमाल आज बिहान १०ः३० बजे नारायणी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी छिन् । पुलमा हिँडिरहेकी उनी नदीम..

सुनकोशी नदीमा डुबेका दुई विद्यार्थी अझै भेटिएनन्
सुनकोशी नदीमा डुबेका दुई विद्यार्थी अझै भेटिएनन्

उदयपुर । उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा माछा मार्ने क्रममा बुधबार डुबेका दुई विद्यार्थी अझै भेटिएका छैनन् । लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेका बुत्कु माध्यमि..