भाउजु र देवरकाे रासिलला:  श्रीमान १७ महिना देखि मलेसियामा, श्रीमतीको पेटमा ४ महिनाको बच्चा


नेपाल पाना प्रकाशित: २०७६-१-९ गते
भाउजु र देवरकाे रासिलला:  श्रीमान १७ महिना देखि मलेसियामा, श्रीमतीको पेटमा ४ महिनाको बच्चा

सिन्धुपाल्चोक। सिन्धुपाल्चोककी एक ३५ वर्षीया युवतीका श्रीमान १७ महिना देखि वैदेशिक रोजगारीका लागि मलेशिया छन् । तर उनको गर्भमा भने अहिले चार महिनाको शिशु छ ।

घर नजिकैको देवर नाता पर्नेसंगको सम्बन्धवाट गर्भ रहे पछि उनी अहिले न घरको न घाटको भएकी छन् । गर्भ रहेको परिवारका सदस्यले थाहा पाएपछि मलेसिया रहेका श्रीमानलाई पनि सो कुरा थाहा भयो । श्रीमानले फोन गरेर अब आफ्नो घरमा नबस्न भने । उता गर्भ बोकाएर लामो समय देखि शारिरीक सम्पर्क राख्दै आएका देवर फरार भए । चार महिनाको गर्भ बोकेर ३५ वर्षीया महिलाको बिचल्ली भएको छ।

एक छोरा र चार छोरीलाई श्रीमतीको जिम्मा लगाएर मलेसिया गएका श्रीमानको झन बेहाल भएको छ । उनी परिवारलाई सुख दिन पांच छोरा छोरी र श्रीमतीलाई छोडेर विदेश हानिएका थिए । जेठी छोरी अहिले कक्षामा ८ मा पढ्ने भएकी छन् । छोरा सानो दुई वर्षको मात्र छ । 

उ आमा बिना एक छिन पनि बस्न सक्दैन । यसरी अप्ठेरोमा परेपछि चार महिनाको गर्भ रहेकी ति महिला आत्महत्या गर्न भन्दै घरवाट हिडिन् तर उनलाई छिमेकीले बचाएर ल्याए । देवर समेत लापत्ता भएपछि उनी न्याय खोज्दै नजिकैको प्रहरी कार्यालय पुगीन् ।







रुपन्देहीमा अस्वाभाविक लोडसेडिङ, आएपनि हाफलाईन !
रुपन्देहीमा अस्वाभाविक लोडसेडिङ, आएपनि हाफलाईन !

रुपन्देही । सरकारले लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि रुपन्देहीमा बिनासूचना विद्युत कटौती हुने गरेको छ। गर्मीको समयमा अनियमित विद्युत आपूर्ति भएपछि स्थानीयवासीलाई समस्या भए..

वायुसेवा निगम डुब्न शुरु, २ अर्ब ९६ करोड रुपैयाँ किस्ता बुझाउन सकेन 
वायुसेवा निगम डुब्न शुरु, २ अर्ब ९६ करोड रुपैयाँ किस्ता बुझाउन सकेन 

काठमाडौं । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले एयरबस कम्पनीका चारवटा जेट विमान खरिदका लागि गरेको ३२ अर्ब ऋण लगानीको किस्ता नेपाल वायुसेवा निगमले तिर्न सकेको छैन । निगमल..

करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु
करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु

तनहुँ । म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर सोही ठाउँ निवासी २८ वर्षीया सीता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माधव घिमिरेको घरमा डे..

भरुवा बन्दुकसहित कालीबहादुर पक्राउ
भरुवा बन्दुकसहित कालीबहादुर पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका-१, स्थायी घर भई हाल फिदिम नगरपालिका ७..