प्रदेश २ मा दाईजोको रुप विकराल: श्रीमतिमाथि श्रीमानको आतंक !, मट्टितेल छर्केर लगाए आगो 


नेपाल पाना प्रकाशित: २०७६-१-९ गते
प्रदेश २ मा दाईजोको रुप विकराल: श्रीमतिमाथि श्रीमानको आतंक !, मट्टितेल छर्केर लगाए आगो 

जनकपुरधाम । श्रीमानले दाईजो नदिएको रिसमा आफ्नै श्रीमतिकाे जीउमा आगो लगाएएका छन् ।

धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ बडका चिरैया भन्ने टोलमा स्थानीय झरी गोईतका छोरा मुकेश कुमार गोईतले आफ्नै श्रीमति निर्मला देवी गोईतकाे जीउमा आगो लगाएका हुन् । 

गत बैशाख ५ गते दिउँसै मुकेशले निर्मलालाई जीउमा मट्टितेल छर्केर आगो लगाएका थिए । निर्मलालाई कोठा बन्द गरी जीउमा मट्टितेल छर्केर सलाई बालिदिए, निर्मला चिच्याउँदै रहिन र मुकेश भागे । निर्मलालाई चिच्याएको आवाज सुनेपछि छिमेकीहरुले ढोका फोडेर तत्कालै आगो निभाएको थियो । निर्मलाको छाती र पेटसम्म करिब ३५ प्रतिशत भाग जलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जनाए । 

निर्मला र मुकेशको विहेको १० महिना मात्र भएको थियो । दाईजोले पिरोलिएका निर्मलाका परिवारलाई दाइजो दिन पनि थप तनाव नै थियो । शायद मुकेशको केही माग थियो दाईजोको रुपमा ससुरालीबाट, उनीहरुलाई समय लगाएको कारण जलाएको हुनुपर्ने अनुमान गरिएको छ ।

उनको परिवारले के भन्छ ?
धनुषाकै कमला नगरपालिका वडा नं.५ लक्कड टोल बस्ने निर्मलालाई मुकेशसँग ४ लाख रुपैयाँ दाईजो दिएर धुमधामका साथ विहे गरिएको थियो । नशालु र जड्याहा स्वभावको मुकेशले निर्मलासँग समान्य झगडाको निहुँ खोज्दै मट्टितेल छर्केर आगो लगाइदिए ।  

निर्मलाको उपचारको लागि छिमेकीको सहयोगमा तत्कालै जनकपुर अञ्चल अस्पताल ल्याइएको थियो भने घाईतेको प्रकृति हेर्दा उनलाई काठमान्डौ रिफर गरिएको थियो । निर्मलाको उपचार अहिले शिक्षण अस्पताल महाराजगँज काठमान्डौँमा भईरहेको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक यादवले जानकारी दिए । उनका अनुसार आगो लगाएर फरार भएका मुकेशको खोजी कार्य तीव्र पारिएको छ । 

निर्मलाको स्वास्थ्य अवस्था अहिले गम्भिर रहेको उनका परिवारजनलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ ।  अस्पतालमा उपचारमा संलग्न चिकित्सक डा। सुरेन्द्रजंग बस्नेतले निर्मलाको ३५ प्रतिशत बढी शरीर जलेको बताए । ४० प्रतिशतभन्दा बढी जलेको मानिसलाई बचाउन नसकिने उल्लेख गर्दै उनले निर्मलाको अवस्थामा पनि एक हप्तासम्म केही भन्न नसकिने जानकारी दिए ।







‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’
‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले सरकारले यो १७ महिनाको अवधिमा कुनैपनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् ।  उनले भने,‘सरकारले ठ्याक्कै नया..

सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 
सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 

सिन्धुली । बनेपा–बर्दिबास बीपी राजमार्गमा गुडिरहेको कार सुनकोशी नदीमा खस्दा एकै परिवारका दुई जनाको ज्यान गएको छ । कारमा सवार अन्य दुई जना घाईते भएका छन् ।  खोटाङ..

कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !
कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !

कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दलाई असफल पार्न नेपाल प्रहरीले भरपर्दो सुरक्षा रणनीति बनाएको दाबी..