‘आँखामा पट्टी बाँधेपछि कसरी देखिन्छ सरकारको काम, चेतनाको आँखाले हेर्नुस् देखिन्छ सरकारको काम’


नेपाल पाना प्रकाशित: २०७६-१-९ गते
‘आँखामा पट्टी बाँधेपछि कसरी देखिन्छ सरकारको काम, चेतनाको आँखाले हेर्नुस् देखिन्छ सरकारको काम’

काठमाडौं । धानमन्त्री केपी शर्मा ओलीले विकास भएन भन्नेहरूलाई चेतनाको आँखाले हेर्न आग्रह गरेका छन्।

कम्युनिष्ट पार्टी ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति लक्षित गर्दै प्रधानमन्त्रीले भने( गान्धारीकोजस्तै आँखामा पट्टी बाँधेपछि कहाँ विकास देखिन्छ त ?

महाभारतका पात्र धृतराष्ट्र जन्मजात अन्धा थिए। उनीसँग विवाह गरेपछि गान्धारीले पनि जीवनभर आँखामा पट्टी बाँध्ने निर्णय गरेकी थिइन्। उनले कपडाको नभई चेतनाको पट्टी आँखामा बाँधेकाहरूले अहिलेको सरकारले गरेका विकास नदेखेको तर्क गरे।

देश हरेक दिन एक कदम अगाडि बढेको प्रधानमन्त्रीको जिकिर छ। सबै नागरिकको बैंक खाता, विद्यार्थी भर्नाजस्ता धेरै काम सरकारले गरेको प्रधानमन्त्रीले बताए।







प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’
‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’

पोखरा । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका छन् । पोखरामा बिहीबार बिहान पत्रकारहरूसँग कुराका..

पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम
पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री संजयकुमार गौतमले पूर्वाधारको नाममा शक्तिशाली पोस्ने गरी बजेट आएको आरोप लगाएका छन् । ‘देशभर सयौं सडकमा करोडका दरले बजेट क..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..