धनुषामा एक दलित महिलालाई कपाल मुण्डन गरी कुटपिट


नेपाल पाना प्रकाशित: २०७६-१-९ गते
धनुषामा एक दलित महिलालाई कपाल मुण्डन गरी कुटपिट

धनुषा । जिल्ला प्रहरी कार्यालयकाे टोलीले दलित महिलालाई कपाल मुण्डन गरी कुटपिट गरेको आरोपमा आठ जनालाई पक्राउ गरेका छन् ।

टोलीले स्थानीय ४० वर्षीय रामदुलार सादा, २८ वर्षीय रामविनय सादा, ३७ वर्षीय हरिराम सादा, ३५ वर्षीया लुचवा सादा, ४१ वर्षीय शिवचरण सादा, ३५ वर्षीय राजवीर सादा, ३६ वर्षीय रञ्जित सादा र १९ वर्षीय सन्तोष सादालाई पक्राउ गरेको हो ।

उनीहरुले जनकपुरधाम उपमहानगरपालिका–२५ लोहना बस्ने अन्दाजी ३४ वर्षीया स्थानीय एक मुसहर समुदायकी महिलालाई उनीहरुले दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रमुख शेखर खनालले भने, ‘गाउँलेहरु मिलेर कपाल मुण्डन गरी कुटपिट गरेका हुन् । शनिबार राति भएको सो घटना आइतबार मात्र सार्वजनिक भएपछि प्रहरीले आरोपितहरुलाई पक्राउ गरेको छ ।’

सो घटनामा पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गराई अभद्र व्यवहार गरेको घटनामा जाहेरी दर्ता भएको जनाएको छ ।







पौडी खेल्न तालमा पसेका बुढा भेटिएनन 
पौडी खेल्न तालमा पसेका बुढा भेटिएनन 

सल्यान । पौडी खेल्न कुपिन्डे तालमा पसेका वनगाड कुपिण्डे नगरपालिका–८, का ३६ वर्षीय गोकुल बुढा तीन दिनदेखि तालभित्रै हराएका छन् ।    तीनजना साथीहरुसहित बुढा स..

रुपन्देहीमा अस्वाभाविक लोडसेडिङ, आएपनि हाफलाईन !
रुपन्देहीमा अस्वाभाविक लोडसेडिङ, आएपनि हाफलाईन !

रुपन्देही । सरकारले लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि रुपन्देहीमा बिनासूचना विद्युत कटौती हुने गरेको छ। गर्मीको समयमा अनियमित विद्युत आपूर्ति भएपछि स्थानीयवासीलाई समस्या भए..

वायुसेवा निगम डुब्न शुरु, २ अर्ब ९६ करोड रुपैयाँ किस्ता बुझाउन सकेन 
वायुसेवा निगम डुब्न शुरु, २ अर्ब ९६ करोड रुपैयाँ किस्ता बुझाउन सकेन 

काठमाडौं । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले एयरबस कम्पनीका चारवटा जेट विमान खरिदका लागि गरेको ३२ अर्ब ऋण लगानीको किस्ता नेपाल वायुसेवा निगमले तिर्न सकेको छैन । निगमल..

करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु
करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु

तनहुँ । म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर सोही ठाउँ निवासी २८ वर्षीया सीता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माधव घिमिरेको घरमा डे..