संगठित सुन तस्करीमा संग्लनहरु विदेशमा भएपनि समातिने


नेपाल पाना प्रकाशित: २०७६-१-९ गते
संगठित सुन तस्करीमा संग्लनहरु विदेशमा भएपनि समातिने

काठमाडौं । संगठित सुन तस्करीका फरार अभियुक्तहरुलाई देशबाहिरबाट पनि पक्राउ गरेर ल्याउने काम भइरहेको प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले  बताएका छन् ।

प्रहरी महानिरिक्षकको रुपमा एक वर्षे कार्यसमिक्षा सुनाउने क्रममा उनले संगठित सुन तस्करी रोक्ने काममा कुनै कसुर बाँकी नराखिएको बताए । प्रहरी प्रधान कार्यालयले २०७५ सालभरीमा ७८ केजी ८ सय ७६ ग्राम अवैध सुन बरामद गरेको र अवैध सुनबाट मात्रै प्रहरीले ४५ करोड ४ लाख ६० हजार ६५ रुपैया राजश्व असुली भएको र अवैध सुन ओसारपसारमा १ सय ३७ जना पक्राउ परेको जनाएको छ ।

कार्यसमिक्षा सुनाउने क्रममा प्रवक्ता एसपी उत्तम सुवेदीले संगठित सुन तस्करीमा संग्लन भरिया र दोस्रो तहका मान्छे समातिएको बताए । संगठित सुन तस्करीका पहिलो तहका मान्छे किन नसमातिएका भन्ने पत्रकारको प्रश्नमा प्रहरी महानिरिक्षक खनालले विदेशमा बसेर सुन तस्करीमा संग्लन रहेकालाई पनि पक्राउ गर्ने प्रयास भएको बताए ।

उनले गोरे भनिने चुणामणी उप्रेती संग्लन भएर ल्याइएको ३३ किलो सुनको विषयमा भने बोलेनन् । प्रहरी महानिरिक्षकले सरकारी समितिले यसमा काम थालेको र आफूहरुले समितिलाई सघाएको बताए पनि तस्करीको सुन हराएको विषयमा भने थप बोलेनन् ।







पौडी खेल्न तालमा पसेका बुढा भेटिएनन 
पौडी खेल्न तालमा पसेका बुढा भेटिएनन 

सल्यान । पौडी खेल्न कुपिन्डे तालमा पसेका वनगाड कुपिण्डे नगरपालिका–८, का ३६ वर्षीय गोकुल बुढा तीन दिनदेखि तालभित्रै हराएका छन् ।    तीनजना साथीहरुसहित बुढा स..

रुपन्देहीमा अस्वाभाविक लोडसेडिङ, आएपनि हाफलाईन !
रुपन्देहीमा अस्वाभाविक लोडसेडिङ, आएपनि हाफलाईन !

रुपन्देही । सरकारले लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि रुपन्देहीमा बिनासूचना विद्युत कटौती हुने गरेको छ। गर्मीको समयमा अनियमित विद्युत आपूर्ति भएपछि स्थानीयवासीलाई समस्या भए..

वायुसेवा निगम डुब्न शुरु, २ अर्ब ९६ करोड रुपैयाँ किस्ता बुझाउन सकेन 
वायुसेवा निगम डुब्न शुरु, २ अर्ब ९६ करोड रुपैयाँ किस्ता बुझाउन सकेन 

काठमाडौं । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले एयरबस कम्पनीका चारवटा जेट विमान खरिदका लागि गरेको ३२ अर्ब ऋण लगानीको किस्ता नेपाल वायुसेवा निगमले तिर्न सकेको छैन । निगमल..

करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु
करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु

तनहुँ । म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर सोही ठाउँ निवासी २८ वर्षीया सीता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माधव घिमिरेको घरमा डे..