पाकिस्तानलाई मोदीको चेतावनी : "भारतले परमाणु बम दीपावलीमा पड्काउन राखेको होईन !"


नेपालपाना प्रकाशित: २०७६-१-१० गते
पाकिस्तानलाई मोदीको चेतावनी : "भारतले परमाणु बम दीपावलीमा पड्काउन राखेको होईन !"

गुजरात । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफुहरुसँग रहेको परमाणु बम दीपावलीमा पड्काउनका लागि नराखेको बताएका छन् । 

जारी लोकसभा चुनावको प्रचार गर्न गृहनगर गुजरात पुगेका मोदीले भारतीय वायुसेनाका वीङ कमान्डर अभिनन्दन बर्थमानलाई फिर्ता गरेर पाकिस्तानले 'हत्याको रात' टारेको अभिव्यक्ति दिए । अभिनन्दनमाथि केही भए भारतले कुनै हालतमा नछाड्ने र चेतावनी आफुले पाकिस्तानलाई दिएको र कि आफु बाँच्ने कि आतंकवाद बाँच्नेसम्मको निर्णयमा आफु पुगेको मोदीले दाबी गरेका छन् । 

भारतले पाकिस्तानको धम्कीबाट डराउने नीति छोडिसकेको बताउँदै भारतीय प्रधानमन्त्री मोदीले आफूसँग बारम्बार परमाणु बम रहेको बताईरहेको पाकिस्तानलाई चेतावनी दिँदै भने-"के हामीले चाहिँ परमाणु बम दिपावलीमा बच्चाको लागि राखेका हौं र ?'' 

मोदीले गुजरातबासीलाई सबै २६ सिटमा भाजपाका लागि मतदान गर्न आग्रह गरेका छन । भाजपा फेरि सत्तामा फर्किने हुनाले गुजरातबासीका लागि यो निर्वाचन महत्वपूर्ण रहेको मोदीले दाबी गरे । 

आज मंगलबार गुजरातका २६ सिट सहित १५ राज्यका ११५ क्षेत्रमा मतदान हुँदैछ ।







उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया
उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया

सोल । दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ। दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..