भ्रमणका लागि राष्ट्रपति भण्डारी चीन प्रस्थान


नेपाल पाना प्रकाशित: २०७६-१-११ गते
भ्रमणका लागि राष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौं । साताब्यापी भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी चीन जाँदैछिन् ।

बुधबार चीनको बेइजिङमा दोस्रोपटक आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी चीन जान लागेकी हुन् ।

राष्ट्रपतिसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि चीन भ्रमणमा सहभागी भएका छन् ।  चीन भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय बागवानी सम्मेलनमा सहभागी हुने र नेपाली स्टलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसक्रममा बेइजिङमा आयोजना हुने नेपाल र चीनका व्यापारिक समुदायको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने पनि तय भएको छ ।

राष्ट्रपति भण्डारी शान्जी प्रान्तको राजधानी सियानको भमण गर्ने र ल्हासा हुँदै वैशाख १९ गते विहान ११ बजे स्वदेश फर्किने छिन् । उनी एयर चाइनाको उडान नम्बर सीए ४०७ बाट काठमाडौं फर्किने छिन् ।







‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’
‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले सरकारले यो १७ महिनाको अवधिमा कुनैपनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् ।  उनले भने,‘सरकारले ठ्याक्कै नया..

सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 
सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 

सिन्धुली । बनेपा–बर्दिबास बीपी राजमार्गमा गुडिरहेको कार सुनकोशी नदीमा खस्दा एकै परिवारका दुई जनाको ज्यान गएको छ । कारमा सवार अन्य दुई जना घाईते भएका छन् ।  खोटाङ..

कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !
कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !

कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दलाई असफल पार्न नेपाल प्रहरीले भरपर्दो सुरक्षा रणनीति बनाएको दाबी..