श्रृंखलाबद्ध बम विस्फोट गराउने ८ जना आतंककारी पक्राउ


RN Raut प्रकाशित: २०७६-१-११ गते
श्रृंखलाबद्ध बम विस्फोट गराउने ८ जना आतंककारी पक्राउ

काठमाडौं । श्रीलंकामा श्रृंखलाबद्ध बम विस्फोट गराउने ८ जना आतंककारीको तस्वीर सार्वजनिक गरिएको छ ।

आक्रमणको जिम्मेवारी लिएको आतंकवादी संगठन इस्लामिक इस्टेट ९आइएस० ले विष्फोटमा संलग्न सबै ८ जना लडाकुको तस्वीर सार्वजनिक गरेको हो । ट्वीटमार्फत सार्वजनिक तस्वीरमा देखिएका ८ जना लडाकुले नै आक्रमण गराएको दावी गरिएको छ । कालो कपडा लगाएका उनीहरु मध्ये एक जनाले मुख छोपेका देखिन्नन् ।

यसअघि ‘अमाक न्युज एजेन्सी’ लाई उद्धृत गर्दै ‘रोयटर्स’ ले आक्रमणको जिम्मेवारी आइएसले लिएको जनाएको थियो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पनि घटना आइएसले गराएको हुन सक्ने बताएका थिए ।

यसअघि श्रीलंकाली सरकारले स्थानीय मुस्लिम समूह नेसनल तौहिद जमात ९एनटीजे० को हात रहेको आशंका गरेको थियो । आइतबार राजधानी कोलम्बो, नेगोम्बो र पूर्वी तटीय क्षेत्र बाट्टिकोलामा गराइएको विस्फोटमा ३ सय २१ जना मारिएका थिए सय भन्दा बढी घाइते भएका थिए ।

मारिनेमा ४५ जना विदेशी नागिरक पनि रहेका छन् । आइतबार बिहान र दिउँसो गिर्जाघर र होटलमा गरी ८ स्थानमा विष्फोट गराइएको थियो ।

श्रीलंका सरकारले सोमबार मध्यरातदेखि संकटकाल लगाइएको छ । मंगलबार राष्ट्रिय शोक घोषणा गरिएको थियो । प्रहरीले हालसम्म ४० जना सन्दिग्धलाई पक्रेको जनाएको छ ।







उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया
उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया

सोल । दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ। दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..