प्रधानमन्त्री केपी ओली हरेक ठाउँमा असफल भएको नेता खतिवडाको दाबी, भोजपुरबाट दिए यस्तो सुझाव !


नेपालपाना प्रकाशित: २०७६-१-११ गते
प्रधानमन्त्री केपी ओली हरेक ठाउँमा असफल भएको नेता खतिवडाको दाबी, भोजपुरबाट दिए यस्तो सुझाव !

भोजपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता  रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई बुलेटबाट चलाउन खोजे आरोप लगाएका छन् ।

नेपाली काँग्रेसक नेता स्वर्गीय रामकृष्ण ताम्राकारलाई श्रद्धाञ्जलि दिन बुधबार नेपाली कांग्रेस भोजपुरले भोजपुरमा आयोजना गरेको कार्यक्रममा नेता खतिवडाले कम्युनिस्टहरूको बुलेटको राजनीतिलाई नेपाली जनताले अस्वीकार गर्ने बताए ।

बुलेटबाट शासन गर्न खोजियो भने खड्गप्रसाद ओली सरकारका दिन गन्ती शुरु हुने भन्दै खतिवडाले त्यसको नेतृत्व कांग्रेसले गर्ने चेतावनी दिए ।

‘जनताले दिएको दुई तिहाइको म्याण्डेटलाई कम्युनिस्टहरूले दुरुपयोग गरेर बुलेटबाट देशलाई चलाउन खोजेका छन्’, उनले भने, ‘नेपाली कांग्रेसले लोकतन्त्रिक पद्दतिबाट कम्युनिस्टहरूलाई जनताको भोटबाट सत्तामा पू¥यौँ । अहिले आएर बुलेटको राजनीति गर्न खोज्न संविधान र जनमतविरुद्ध हो ।’

कम्युनिस्टहरूको अधिनायकवाद स्वरुप प्रधानमन्त्री खड्गप्रसाद ओलीले निरंकुशताको प्रयास गरिरहेको नेता खतिवडाले बताए ।

‘दोस्रो जनआन्दोलनका बेला अहिलेका हाम्रा प्रधानमन्त्री खड्गप्रसाद ओलीजी आफै ठेला गाडीमा चढेर अमेरिका पुग्न सकिँदैन भन्नु हुन्थ्यो । ठेला गाडा चढेर अमेरिका पुग्न नसकिने जस्तै नेपालमा लोकतन्त्र आउनु एउटै हो भनेर अभिव्यक्ति दिनुभएको थियो ।’

कांग्रेसका युवा नेता खतिवडाले भने, ‘उहाँलाई लोकतन्त्रिक मुलुकको प्रधानमन्त्री बनायौँ । दुई तिहाइ बहुमत दियौँ । अनि अहिले दिन दिनै ठूला–ठूला गफ गर्ने बनायौँ ।’ खतिवडाले प्रधानमन्त्री ओलीलाई हावादारी गफ नगर्न सुझाव र सल्लाह दिएका छन् । ‘प्रधानमन्त्रीको हावा गफ सुनेर गाउँका जनता दिक्क भएका छन्’, उनले भने, ‘काम गरेर देखाउनुस् । गफ नगर्नुस् । तपाईलाई मतदान गरेकै जनताले कम्युनिस्टहरूको बिकल्प खोज्न थालिसके ।’

कांग्रेसका युवा नेता खतिवडाले कांग्रेसको नेतृत्वमा आएको संविधानको रक्षा गाउँ गाउँबाट शुरु गर्नुपर्ने बताए । उनले गाउँमा कांग्रेसलाई बलियो बनाएपछि देश र जनताको हित हुने बताए ।

कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडालाई पार्टीले जनजागरण अभियानमा सहभागी हुन भोजपुर जिल्लामा खटाएको छ । कांग्रेसका नेता रामकृष्ण ताम्राकारको मंगलबार निधन भएपछि बुधबारबाट शुरु हुने भनिएको जनजागरण अभियान केही समयका लागि स्थगित भएको छ ।







प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

काठमाडौं राजधानीमा बस दुर्घटना, यस्ताे छ अवस्था
काठमाडौं राजधानीमा बस दुर्घटना, यस्ताे छ अवस्था

काठमाडौं । गोकर्णमा यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बा १ ख ८७४४ नम्बरको बस गोकर्णको इटिचोकमा अनियन्त्रित भइ पल्टँदा दुर्घटना भएको प्र..

प्रहरीसँगको भिडन्तमा विप्लवका जिल्ला इञ्चार्ज मारिए
प्रहरीसँगको भिडन्तमा विप्लवका जिल्ला इञ्चार्ज मारिए

सर्लाही । लालबन्दीमा प्रहरी र विप्लवका कार्यकर्ताबीच भिडन्त भएको छ । प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन्..

यी स्थानमा मेघ गर्जनसहित वर्षा हुँदैछ, छाता बोकेर हिँड्नुहोस् 
यी स्थानमा मेघ गर्जनसहित वर्षा हुँदैछ, छाता बोकेर हिँड्नुहोस् 

काठमाडौं । आज देशका पूर्व र मध्यका केही र पश्चिमी क्षेत्रका केही स्थानमा मध्यान्हपछि मेघगर्जनसहित वर्षाको सम्भावना छ । यस्तै राति, देशको पूर्वी तथा मध्य क्षेत्रको साथै पश्च..