बँदेल मार्न विद्युतीय धराप थापेको आरोपमा ५ जना पक्राउ


नेपालपाना प्रकाशित: २०७६-१-११ गते
बँदेल मार्न विद्युतीय धराप थापेको आरोपमा ५ जना पक्राउ

बुटवल । विद्युतीय धराप थापेको आरोपमा पाँच जना पक्राउ परेको छ । 

पक्राउ पर्नेमा चन्द्रबहादुर थापा, तिलोत्तमा नगरपालिका– ११ का २६ वर्षीय उपेन्द्र शाह, ३५ वर्षीय नरबहादुर पुन, २८ वर्षीय कृष्ण राना र ४० वर्षीय अमर पुन रहेका छन् ।   

बँदेल मार्न विद्युतीय धराप थापेको र धरापमा परी मृत्यु भएका व्यक्तिको शवलाई खाल्डोमा गाडी घटना लुकाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

यही वैशाख १ गते राति बँदेल मार्न थापेको विद्युतीय धरापमा परी रुपन्देहीको तिलोत्तमा नगरपालिका– ११ का ४५ वर्षीय मीनबहादुर गोतामे क्षेत्रीको मृत्यु भएको हो । नजिकैको गाउँमा सांस्कृतिक कार्यक्रम हेरेर फर्कंदै गरेका गोतमे एक सातासम्म घर नफर्केपछि उनको परिवारले खोजविनका लागि प्रहरीमा निवेदन दिएको थियो । 

क्षेत्रीको शव आज प्रहरीले उत्खनन गरी निकालेको छ । उनको शव नजिकैको जङ्गलमा खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक हृदय थापाले बताए । 

सोधपुछका क्रममा उनीहरुले घटना स्वीकार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।  







पौडी खेल्न तालमा पसेका बुढा भेटिएनन 
पौडी खेल्न तालमा पसेका बुढा भेटिएनन 

सल्यान । पौडी खेल्न कुपिन्डे तालमा पसेका वनगाड कुपिण्डे नगरपालिका–८, का ३६ वर्षीय गोकुल बुढा तीन दिनदेखि तालभित्रै हराएका छन् ।    तीनजना साथीहरुसहित बुढा स..

रुपन्देहीमा अस्वाभाविक लोडसेडिङ, आएपनि हाफलाईन !
रुपन्देहीमा अस्वाभाविक लोडसेडिङ, आएपनि हाफलाईन !

रुपन्देही । सरकारले लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि रुपन्देहीमा बिनासूचना विद्युत कटौती हुने गरेको छ। गर्मीको समयमा अनियमित विद्युत आपूर्ति भएपछि स्थानीयवासीलाई समस्या भए..

वायुसेवा निगम डुब्न शुरु, २ अर्ब ९६ करोड रुपैयाँ किस्ता बुझाउन सकेन 
वायुसेवा निगम डुब्न शुरु, २ अर्ब ९६ करोड रुपैयाँ किस्ता बुझाउन सकेन 

काठमाडौं । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले एयरबस कम्पनीका चारवटा जेट विमान खरिदका लागि गरेको ३२ अर्ब ऋण लगानीको किस्ता नेपाल वायुसेवा निगमले तिर्न सकेको छैन । निगमल..

करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु
करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु

तनहुँ । म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर सोही ठाउँ निवासी २८ वर्षीया सीता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माधव घिमिरेको घरमा डे..