सम्माननीय बलत्कारी ज्युँ बलत्कार पछि हत्या गरिदिनुस्


नेपाल पाना प्रकाशित: २०७६-१-१२ गते
सम्माननीय बलत्कारी ज्युँ बलत्कार पछि हत्या गरिदिनुस्

काठमाडौं । सम्माननीय बलत्कारी ज्युँ ! तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो ।

तपाईं त बलत्कार गरेर फरार हुनु होला,
माथि माथि चिनेका मान्यजन सँग उठ्बस होला,
पक्राउ मा परे पनि केही बर्ष मै छुट्नु होला सायद महिना पनि
तर मेरो के ?
म दिन दिनै मर्ने छु 

गाडीमा चड्दा सह चालकको छुवाइले त मलाई दिन भरी बिचल्लीत पार्दिन्छ भने,
तपाईंका ती पशु रूपी नयन मेरा निर्दोष शरीरमा पर्दा मलाई असहय हुनेछ,
तपाईंका अंग प्रति अंगले मेरो शरीर केलाउँदा म मरे तुल्य हुनेछ
त्यसैले मेरो बलत्कार पछि हत्या गरिदिनुस् ।

म आफूमाथि कुकर्म गर्ने दोषीलाई हाँसेको देखेर दिनदिनै मर्ने छु,
बिन्ती मेरो बलत्कार पछि हत्या गरिदिनुस् ।

मेरो सर्वांग छोपेर हिँड्दा पनि
समाज मेरो शारीरिक बनोटको अनुमान लगाउने छन अब
त्यसैले मलाई बलत्कार पछि मृत्युको मुहार देखाईदिनुस् । 

म सामान्य जिवन बाँच्न सक्दिन अब
मलाई समाजले मायाले भन्दा दयाका दृष्टिले हेर्नेछ।
मेरो परिवार अब समाजमा अपराधी सरह हिँड्नु पर्नेछ ।

न्याय पाउँला नपाउँला तर
सञ्चार माध्यमका लागी म समाचारको श्रोत हुनेछ ।
त्यसैले कृपया ममाथि दया गरेर बलत्कार पछि हत्या गरी दिनुस्,

ममा पटक पटक जिउँदै मर्ने सहस छैन अब ।
बिन्ती मेरो बलत्कार पछि हत्या गरी दिनुस् ।

उही तपाईंकी
सायद अब हुन लागेकी सिकार
अनुप्रिया जिसी


पाकिस्तानको ठुलो गल्तीले मुस्लिम संगठनभित्रको विभेद स्पष्ट गर्छ!
पाकिस्तानको ठुलो गल्तीले मुस्लिम संगठनभित्रको विभेद स्पष्ट गर्छ!

५७ मुस्लिम राष्ट्रहरु मध्ये केवल २० राष्ट्रमात्र मलेसियामा 'ईस्लामफोबिया' र 'इस्लामिक' विश्वलाई विवादित बने राखेका मुद्दाहरुका सम्बन्धमा छलफल गर्न भेला भएका थि..

चीन र लद्दाखलाई संघीय भूभाग बनाउने क्रम !
चीन र लद्दाखलाई संघीय भूभाग बनाउने क्रम !

काठमाडौँ ।  भारतले धारा ३७० र ३५ ए लागु गरे प्रति पाकिस्तानले ब्यक्त गरेको प्रतिक्रियालाई राम्ररी बुझ्न सक्छ तर चीनले त्यसप्रति चासो देखाउनुलाई आश्चर्यकै रूपमा लिन सक्छ ।..

'सी विचारधारा' को नेपाली आलाप : छिमेकीलाई आँगन बनाउन आफ्नै दैलो मास्ने दुस्साहस !
'सी विचारधारा' को नेपाली आलाप : छिमेकीलाई आँगन बनाउन आफ्नै दैलो मास्ने दुस्साहस !

काठमाडौं । चीनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउनुअघि काठमाडौंका मिडियादेखि छापासम्म एउटा अचम्मको रुझान देखिएको छ । सत्तारुढ कम्युनिष्ट पार्टीको ब्यानरमा जुन शीर्षक रा..

‘जातीय छुवाछुतभन्दा बर्गीय छुवाछुत झन् खतरनाक बिभेद हो, देश भड्कालोमा जान सक्छ’
‘जातीय छुवाछुतभन्दा बर्गीय छुवाछुत झन् खतरनाक बिभेद हो, देश भड्कालोमा जान सक्छ’

दाङ । मानिस/मानिस बिच देखिएको भेदभाव जातीय भावना भन्दा वर्गीय असमानता नै प्रमुख कारण हो । वर्गीय असमानताले जटिलता उब्जाउछ । एक आपसमा गर्ने व्यवहारमा फरक हुन्छ&nbsp..