धनुषामा ब्यापक सिमापार तस्करी, नेता-कार्यकर्ताका कारण प्रहरी र कर्मचारी निष्क्रिय


नेपालपाना प्रकाशित: २०७६-१-१४ गते
धनुषामा ब्यापक सिमापार तस्करी, नेता-कार्यकर्ताका कारण प्रहरी र कर्मचारी निष्क्रिय

जनकपुरधाम । सीमा क्षेत्रमा सशस्त्रको टोली सक्रिय नहुँदा तस्करी बढेको छ । भन्सार कर्मचारी रमिते बनेपछि महिनाथपुर क्षेत्रमा तस्करहरू सलबलाइरहेका छन् । कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको छ । केही घटनाले त्यसको पुष्टि हुन्छ ।

धनुषाको विदेह नगरपालिका—१ महिनाथपुरमा सशस्त्रको पोस्टभन्दा २० मिटर परको घरबाट जनकपुर भन्सार कार्यालयको टोलीले बुधबार १९ लाखभन्दा बढीको सामान बरामद ग(यो । स्थानीय नवलकिशोर रायको घरमा तस्करी गरी भन्सार छली ल्याइएको कपडा, भाँडावर्तन, खाद्यसामग्रीसहितका ३२ वटा पोका बरामद भएको थियो । नजिकैको सशस्त्र प्रहरी पोस्ट अनभिज्ञ भयो ।

गत चैत १५ गते भन्सारका केही कर्मचारी हंसपुर नगरपालिका—८ मा तस्करीको सामान नियन्त्रण गर्न पुगे । सशस्त्र प्रहरी बेसक्याम्प सोनीगामा भन्दा ५ सय मिटर दुरीमा मोटरसाइकलबाट तस्करीका सामान लगिरहेको समूहलाई कर्मचारीले रोके ।

चारजना मात्र रहेका भन्सार कर्मचारीलाई तस्कर समूहले घेराबन्दीमा पा-यो । घरेलु हतियार देखाएर कर्मचारीलाई तर्साउँदै तस्करले सबै सामान लुटेर लगे । कर्मचारीले सामान लुटिँदै गरेको भिडियो मोबाइलमा कैद गर्नुबाहेक अरू केही गर्न सकेनन् । नजिकै रहेको सशस्त्र प्रहरी बेस क्याम्पमा खबर गरेको एक घन्टापछि दुईजना प्रहरी कर्मचारी आइपुगे । त्यतिन्जेलसम्म तस्करले कुलेलम ठोकेका थिए ।

यो खबर आज प्रकाशित अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।


सर्वोच्चको फैसला सँगै स्थानीय तहका प्रतिनिधिका तलब खारेज
सर्वोच्चको फैसला सँगै स्थानीय तहका प्रतिनिधिका तलब खारेज

काठमाडौं । स्थानीय तहका निर्वाचित पदाधिकारीले लिँदै आएको तलब सुविधा गैरसंवैधानिक भएको सर्वोच्च अदालतले फैसला गरेको छ । स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक ९तलब तथा ज्याला..

इँटा बालुवा बिक्रीमा करोडौं ठगी, २३ डिपो सञ्चालक फक्राउ
इँटा बालुवा बिक्रीमा करोडौं ठगी, २३ डिपो सञ्चालक फक्राउ

काठमाडौं । राजधानीमा ट्रक तथा मिनी ट्रकले सामान ओसार्दा ठगी गरेको उजुरीपछि शुक्रबार इँटा तथा बालुवासहितका निर्माण सामग्री बिक्री गर्दा ग्राहक ठगीको अभियोगमा प्रहरीले राजधानीका..

अब कुन दलबाट सभामुख बन्ने ? सभामुख बन्न दौडधुप
अब कुन दलबाट सभामुख बन्ने ? सभामुख बन्न दौडधुप

काठमाडौं । कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि अब कुन दलबाट को सभामुख बन्ने अनौपचारिक गृहकार्य सुरु भएको छ । सभामुखका लागि विभिन्न दलबाट विभिन्न नेताको चर्चा चलिरह..

सिंहदबारमा छड्के गर्दा २१५ कामचोर कर्मचारी परे कार्वाहीमा
सिंहदबारमा छड्के गर्दा २१५ कामचोर कर्मचारी परे कार्वाहीमा

काठमाडौं । सरकारको केन्द्रिय सचिवालयमा मंगलबार छड्के गर्दा २१५ जना कर्मचारी कारवाहीमा परेका छन्।    मंगलबार राष्ट्रिय सर्तकता केन्द्रले गरेको छड्केमा सिंहदबारमा बि..