जसले मारे, उनकै कोठाको मार्बल शहीदगेटमा टाँसियो


नेपालपाना प्रकाशित: २०७६-१-१४ गते
जसले मारे, उनकै कोठाको मार्बल शहीदगेटमा टाँसियो

काठमाडौं । “सस्तो मार्बल खोज्दै थियौँ । ब्रोकरले सस्तोमा मार्बल उपलब्ध गराइदिने भने । हामीले हुन्छ भन्यौँ” शहीद गेटका डिजाइनर (इन्जिनियर) शङ्करनाथ रिमालले त्यस बखतको घटना स्मरण गरे, “ती ब्रोकरले राणाको दरबारबाट उप्काएर ल्याइएको हो भने । हामीले पनि कुन राणाको हो भनेर सोधीखोजी गरेनौँ ।”

शहीद गेटमा प्रयोग गरिएका सिङ्गमरमर (मार्बल) राणाको बैठक कोठाबाट उप्काएर ल्याइएका हुन् । इन्जिनियरद्वारा तयार गरिएको सुरु नक्सामा शहीद गेटमा मार्बलबारे उल्लेख नै थिएन । निर्माण गर्दै जाँदा इन्जिनियरहरूले “फिनिसिङ राम्रो गर्नुप-यो, आकर्षक देखाउन मार्बल टाँस्नुपर्ने भयो” भनेपछि तत्कालीन राजा महेन्द्रले “हुन्छ” भने र सिङ्गमरमर टाँस्ने योजना बन्यो । 

तत्कालै मार्बल ल्याउनुपर्ने भयो । बजेट पनि कमै थियो । सस्तो मार्बल खोज्ने क्रममा कुनै राणाजीको दरबारको बैठक कक्षमा रहेको मार्बल उपलब्ध हुनसक्यो र प्रयोग भइसकेका तिनै पुराना मार्बल ल्याई टाँसियो ।

तिनताका काठमाडौँको जग्गाको भाउ खासै थिएन । सरकारले सम्पत्तिमा तीन प्रतिशत कर लगाइदिएको थियो । करका कारण कतिपय राणालाई जीविकोपार्जन गर्न समस्या पर्दै गएको पनि थियो । “करले राणाजीहरूलाई आर्थिक समस्या पर्न थाल्यो । जग्गाको खासै भाउ थिएन । त्यसैले उनीहरूले बैठकका मार्बल, फर्निचर आदि बेच्न थाले” उनले थपे, “उनीहरूले सस्तोमा मार्बल बिक्री गर्दा त्यसले काम दियो ।” सो मार्बल ललितपुरको गोदावरीमा उत्पादन भएको हो । 

यो समाचार गोरखापत्र दैनिकमा छापिएको छ ।


सर्वोच्चको फैसला सँगै स्थानीय तहका प्रतिनिधिका तलब खारेज
सर्वोच्चको फैसला सँगै स्थानीय तहका प्रतिनिधिका तलब खारेज

काठमाडौं । स्थानीय तहका निर्वाचित पदाधिकारीले लिँदै आएको तलब सुविधा गैरसंवैधानिक भएको सर्वोच्च अदालतले फैसला गरेको छ । स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक ९तलब तथा ज्याला..

इँटा बालुवा बिक्रीमा करोडौं ठगी, २३ डिपो सञ्चालक फक्राउ
इँटा बालुवा बिक्रीमा करोडौं ठगी, २३ डिपो सञ्चालक फक्राउ

काठमाडौं । राजधानीमा ट्रक तथा मिनी ट्रकले सामान ओसार्दा ठगी गरेको उजुरीपछि शुक्रबार इँटा तथा बालुवासहितका निर्माण सामग्री बिक्री गर्दा ग्राहक ठगीको अभियोगमा प्रहरीले राजधानीका..

अब कुन दलबाट सभामुख बन्ने ? सभामुख बन्न दौडधुप
अब कुन दलबाट सभामुख बन्ने ? सभामुख बन्न दौडधुप

काठमाडौं । कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि अब कुन दलबाट को सभामुख बन्ने अनौपचारिक गृहकार्य सुरु भएको छ । सभामुखका लागि विभिन्न दलबाट विभिन्न नेताको चर्चा चलिरह..

सिंहदबारमा छड्के गर्दा २१५ कामचोर कर्मचारी परे कार्वाहीमा
सिंहदबारमा छड्के गर्दा २१५ कामचोर कर्मचारी परे कार्वाहीमा

काठमाडौं । सरकारको केन्द्रिय सचिवालयमा मंगलबार छड्के गर्दा २१५ जना कर्मचारी कारवाहीमा परेका छन्।    मंगलबार राष्ट्रिय सर्तकता केन्द्रले गरेको छड्केमा सिंहदबारमा बि..