अब नेपालदेखि जापानसम्म सीधा उडान, निगमले पायो अनुमति


नेपालपाना प्रकाशित: २०७६-१-१४ गते
अब नेपालदेखि जापानसम्म सीधा उडान, निगमले पायो अनुमति

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले झन्डै एक वर्षको प्रयासपछि काठमाडौं–ओसाका सीधा उडान अनुमति पाएको छ ।

यो वायुसेवाले जापानको नागरिक उड्डयन व्युरोबाट उडान अनुमति पाएसँगै अब उडान तालिका सार्वजनिक गर्ने भएको छ । लामो समयको प्रक्रिया पूरा गरेर बिहीबार निगमको जहाजको भाडादर स्वीकृति पाएको हो। यही प्रक्रिया पूरा गरेर निगमले जापान उडान गर्ने प्रवक्ता क्याप्टेन विजय लामाले जानकारी दिए । 

अब यो वायुसेवाले असार १९ देखि नियमित उडान गर्ने गरी टिकट बुकिङ खुला गर्नेछ । निगमले लामो संघर्षपछि पाएको यो उडानबारे जानकारी दिन औपचारिक कार्यक्रम नै आयोजना गर्ने प्रवक्ता लामाले बताए ।

निगमले जापानबाट पाएको यो अनुमतिपछि अब काठमाडौंको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट ओसाकास्थित कन्साई अन्तर्राष्टिय विमानस्थलमा नियमति उडान गर्ने भएको छ । 

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ । 


अन्नपूर्ण, धौलागिरि, नीलगिरिलगायत हिमाली क्षेत्रमा बढे पर्यटक
अन्नपूर्ण, धौलागिरि, नीलगिरिलगायत हिमाली क्षेत्रमा बढे पर्यटक

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० मा गत आर्थिक वर्ष सबैभन्दा धेरै पर्यटक आएका छन्। एक्याप क्षेत्र गण्डकी प्रदेशको मुख्य पर्यटकीय गन्तव्य हो। अन्नपूर्ण, धौलागि..

राजधानीको सहकारीमा पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड
राजधानीको सहकारीमा पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड

काठमाडौं । राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ । सहकारीमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम..

आइफा अवार्डको कथाले लियो नयाँ मोड, बैद्य प्रधानमन्त्रीमाथि हावी
आइफा अवार्डको कथाले लियो नयाँ मोड, बैद्य प्रधानमन्त्रीमाथि हावी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा टोयटा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता सुरज बैद्य दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीक..

निलम्बनमा परेका डिएसपी बेपत्ता भएपछि हेडक्वाटर र अख्तियारमा खैलाबैला
निलम्बनमा परेका डिएसपी बेपत्ता भएपछि हेडक्वाटर र अख्तियारमा खैलाबैला

काठमाडौं । निलम्बनमा परेका नेपाल प्रहरी नायब उपरीक्षक डिएसपी कुमोध ढुंगेल बेपत्ता भएका छन । एकाएक उनी बेप्पता परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोजेर उपस्थित गराउ..