बालुवाटारमा सरकारी जग्गा हडप्न देउवा पनि संलग्न !


नेपालपाना प्रकाशित: २०७६-१-१७ गते
बालुवाटारमा सरकारी जग्गा हडप्न देउवा पनि संलग्न !

काठमाडौं ।  वाइडबडीमा भ्रष्टाचार भएको छ भनेर संसद्मा आवाज उठाउने देउवाको तन्तु वाइडबडी खरिदमै जोडिएको थियो, बालुवाटारको जग्गाको विषयमा पनि देउवाले सोमबार संसद्मा आवाज उठाए, तर यो जग्गा व्यक्तिका नाममा जान देउवाको जिम्मेवारी देखिएको छ । 

निर्वाचनपछि १५ जेठ ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वमा सरकार बन्यो र गृहमन्त्रीको जिम्मेवारी पाए शेरबहादुर देउवाले । भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले दिएको कार्यादेशअनुसार गृह मन्त्रालयले छानबिन गरेको भए ११३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पुग्ने थिएन । 

किनकि, ललितानिवास बालुवाटारको २९९ रोपनी ९ आना तीन पैसा जग्गामध्ये सुवर्णशमशेर र कञ्चनशमशेरको भागमा परेको १४ रोपनी ११ आना जग्गा मात्र जफत भएको थियो । बाँकी २८४ रोपनी १४ आना ३ पैसा जग्गा सरकारले क्षतिपूर्ति दिई अधिग्रहण गरेको थियो । यसरी क्षतिपूर्ति दिएर सरकारले अधिग्रहण गरेका जग्गा फिर्ता गर्न मिल्दैन ।

फिर्ता गर्ने हो भने यही प्रकरणमा सरकारले सँगै अधिग्रहण गरेका जग्गामध्ये प्रहरी प्रधान कार्यालय रहेको नक्सालको महावीर भवन, बालमन्दिर रहेको नक्सालको सीता भवन, भैरवनाथ गण रहेको महाराजगन्जको लक्ष्मीनिवास, महालेखापरीक्षकको कार्यालय रहेको बबरमहल र पुल्चोकको हरिहर भवन पनि राणा परिवारका नाममा फिर्ता दिनुपर्छ ।

फिर्ता गर्नुपर्ने कानुनसम्मत आधार नदेखिएपछि देउवा एक वर्षसम्म मौन रहे । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।


अन्नपूर्ण, धौलागिरि, नीलगिरिलगायत हिमाली क्षेत्रमा बढे पर्यटक
अन्नपूर्ण, धौलागिरि, नीलगिरिलगायत हिमाली क्षेत्रमा बढे पर्यटक

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० मा गत आर्थिक वर्ष सबैभन्दा धेरै पर्यटक आएका छन्। एक्याप क्षेत्र गण्डकी प्रदेशको मुख्य पर्यटकीय गन्तव्य हो। अन्नपूर्ण, धौलागि..

राजधानीको सहकारीमा पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड
राजधानीको सहकारीमा पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड

काठमाडौं । राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ । सहकारीमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम..

आइफा अवार्डको कथाले लियो नयाँ मोड, बैद्य प्रधानमन्त्रीमाथि हावी
आइफा अवार्डको कथाले लियो नयाँ मोड, बैद्य प्रधानमन्त्रीमाथि हावी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा टोयटा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता सुरज बैद्य दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीक..

निलम्बनमा परेका डिएसपी बेपत्ता भएपछि हेडक्वाटर र अख्तियारमा खैलाबैला
निलम्बनमा परेका डिएसपी बेपत्ता भएपछि हेडक्वाटर र अख्तियारमा खैलाबैला

काठमाडौं । निलम्बनमा परेका नेपाल प्रहरी नायब उपरीक्षक डिएसपी कुमोध ढुंगेल बेपत्ता भएका छन । एकाएक उनी बेप्पता परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोजेर उपस्थित गराउ..