ओडिशाको तटीय क्षेत्रतर्फ तीव्र गतिमा ठोक्किँदै चक्रवात ‘फानी’, ११ लाख मानिसलाई सुरक्षित स्थानमा लगियो


नेपालपाना प्रकाशित: २०७६-१-२० गते
ओडिशाको तटीय क्षेत्रतर्फ तीव्र गतिमा ठोक्किँदै चक्रवात ‘फानी’, ११ लाख मानिसलाई सुरक्षित स्थानमा लगियो

ओडिशा । बंगालको खाडीमा बनेको चक्रवाती तुफान फानी केही घण्टापछि भारतको ओडिशा राज्यको तटीय क्षेत्र पुरीमा आइपुग्ने भएको छ ।

फानी आँधीका कारण त्यस क्षेत्रमा वर्षा सुरु भैसकेको छ । तटीय क्षेत्रका झण्डै ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

जल सेना र कोस्ट गार्डलाई सम्भावित घटनालाई कम गर्न अलर्ट अवस्थामा राखिएको बीबीसीले जनाएको छ । मौसम विभागका अनुसार यो प्रणाली ओड़ीसा को तटीय क्षेत्र मा भित्रिने Landfall सम्भावना देखिन्छ । Landfall पश्चात यो प्रणाली फेरि उत्तर-पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ .

मौसम विभागका अनुसार चक्रवात फानीको गति १७५ किलोमिटर प्रतिघण्टादेखि १८५ किलोमिटर प्रतिघण्टासम्म हुन सक्नेछ । यसका कारण समुद्रमा झण्डै डेढ मिटरसम्म छाल आउन सक्नेछ । पुरीको तटीय क्षेत्रमा ठोक्किएपछि यो चक्रवात ओडिशाकै खुर्दा, कटक, जगतसिंहपुर, केन्द्रपाडा, जाजपुर, भद्रक, बालेश्वर जिल्ला हुँदै पश्चिम बंगालतर्फ बढ्नेछ ।

त्यसपछि यसले बंगलादेशका केही भागमा समेत प्रभाव पार्नेछ । यसको प्रभाव नेपालका हिमाली भेगमा समेत पर्ने नेपाली मौसमविदहरुले जनाएका छन् । मौसमविदहरुका अनुसार जमिनको सम्पर्कमा आएपछि यो चक्रवातको तीव्रता कम हुनेछ ।

ओडिशामा सम्भावित खतरालाई मध्यनजर गर्दै एक सयभन्दा बढी रेल रद्द गरिएको छ । त्यस्तै बिहीबार रातिदेखि भुवनेश्वर विमानस्थलबाट २४ घण्टाका लागि सबै उडान रद्द गरिएको छ । 

ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले उद्धार तथा राहतका लागि पूरा पूर्व तयारीका साथ सरकार बसेको बताएका छन् । 


बिरामी बोकेको जीप भीरबाट खस्यो, ६ जना बेपत्ता 
बिरामी बोकेको जीप भीरबाट खस्यो, ६ जना बेपत्ता 

संखुवासभा । खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको जीप अक्करेको भीरबाट खसी अरुण नदीमा बेपत्ता भएको छ ।  धर्मदेवी नगरपालिका–८ स्थित अक्..

बसको ठक्करबाट इटहरीमा एकजनाको मृत्यु 
बसको ठक्करबाट इटहरीमा एकजनाको मृत्यु 

इटहरी । धरान–बिराटनगर सडक खण्डअन्र्तगत खनारमा आज बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।  बिराटनगर जाँदै गरेको को १ ख २७४७ नम्बरको गोकुलम यातायातले मोरङको रतुवामाई..

मौसम: भोली मौसममा सुधार हुने
मौसम: भोली मौसममा सुधार हुने

काठमाडौं । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भा..

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान

काठमाडौं । पूर्वसांसद मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन..