'फानी' चक्रपातको प्रभाव नेपालमै देखिन थाल्यो, पूर्वमा मेघगर्जनसहित पानी पर्न शुरु 


नेपालपाना प्रकाशित: २०७६-१-२० गते
'फानी' चक्रपातको प्रभाव नेपालमै देखिन थाल्यो, पूर्वमा मेघगर्जनसहित पानी पर्न शुरु 

काठमाडौं । बंगालको खाडीमा सृजित फानी चक्रपातको प्रभाव नेपालको पूर्वी क्षेत्रमा पनि देखिन थालेको छ । भारतको उडिशा लगायतका राज्यमा तीब्र गतिमा ठोक्किँदै गरेको फानी चक्रवातकै कारण नेपालको हिमाली क्षेत्रमा समेत आगामी तीनदिनसम्म भारी हिमपात र हावाहुरी चल्ने मौसमविद्हरुले जनाएका छन । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार फानीको प्रभाव अझै बढ्नेछ । यो चक्रवात नेपालमा नआउने तर भारतको ओडिशा, झारखण्ड, पश्चिम बंगाल हुँदै बंगलादेश जाने भएकाले पूर्वी र मध्य नेपालमा असर गर्ने देखिएको छ । 

अर्कातर्फ अहिले रुपन्देही, कपिलवस्तुलगायत प्रदेश ५ को सीमा क्षेत्रमा चट्याङ र हुरीबताससहित पानी पारिरहेको प्रणाली पनि पूर्वतिर सरिरहेको महाशाखाले जनाएको छ । विपरित दिशाबाट आएका दुई फरक वायुको टकरावका कारण जोखिम बढ्नसक्ने भन्दै मौसमविदहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

साथै, चक्रवात फानीको प्रभावले पूर्व र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले अबको तीन दिन पदयात्रा वा हिमाल आरोहणमा नजान पनि उनीहरुले सुझाईरहेका छन् । 

आज देशभरिकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना कम देखिएको छ । पश्चिममा पश्चिमी वायु तथा पूर्व र मध्य क्षेत्रमा फानीसँगै स्थानीय वायुको प्रभावले हुरीबतास, चट्याङसहित हिमपात हुने सम्भावना बढेको छ । फानीको प्रभाव आईतबारसम्म नै देखिने अनुमान छ । 


बिरामी बोकेको जीप अक्करको भीरबाट खस्यो, ६ जना बेपत्ता 
बिरामी बोकेको जीप अक्करको भीरबाट खस्यो, ६ जना बेपत्ता 

संखुवासभा । खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको जीप अक्करेको भीरबाट खसी अरुण नदीमा बेपत्ता भएको छ ।  धर्मदेवी नगरपालिका–८ स्थित अक्..

बसको ठक्करबाट इटहरीमा एकजनाको मृत्यु 
बसको ठक्करबाट इटहरीमा एकजनाको मृत्यु 

इटहरी । धरान–बिराटनगर सडक खण्डअन्र्तगत खनारमा आज बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।  बिराटनगर जाँदै गरेको को १ ख २७४७ नम्बरको गोकुलम यातायातले मोरङको रतुवामाई..

मौसम: भोली मौसममा सुधार हुने
मौसम: भोली मौसममा सुधार हुने

काठमाडौं । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भा..

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान

काठमाडौं । पूर्वसांसद मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन..