मोरङको जंगलमा विभत्स अवस्थामा शव


नेपाल पाना प्रकाशित: २०७६-१-२० गते
मोरङको जंगलमा विभत्स अवस्थामा शव

बेलवारी । मोरङको बेलवारी नगरपालिका– १० भाउन्नेस्थित सिंहदेवी सामुदायिक वनभित्र विभत्स अवस्थामा पूरुषको शव भेटिएको छ । बिहीबार राति अनुहार चिन्न नसकिने अवस्थामा भेटिएको शव ५१ वर्षीय कुमार खड्काको भएको प्रहरीले बताएको छ ।

उनी घरबाट सम्पर्कबिहीन भएको १७ दिन पुगेको थियो । गत बैशाख २ गतेबाट सम्पर्क बिहीन भएका स्थानीय खड्का बिहीबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घोप्टो परेको अवस्थामा भेटिएको शव सडेर वरपर दुर्गन्ध फैलिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

घाँस दाउरा गर्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार मृतक खड्काको साथमा २ वटा विषादीका बट्टा र केही पैसा फेला परेको छ । गत वैशाख २ गते छेरासँग विवाद गरेर घरबाट निस्किएको खुलेको प्रहरीले जनाएको छ ।

घरमा सामान्य विवाद भएपछि आफन्तकोमा जान्छु भनेर हिँडेका उनी २ दिन धरानस्थित आफन्तकोमा बसेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले शवलाई पोस्टमार्टमका लागि मंगलबारे अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरेको छ ।


बिरामी बोकेको जीप अक्करको भीरबाट खस्यो, ६ जना बेपत्ता 
बिरामी बोकेको जीप अक्करको भीरबाट खस्यो, ६ जना बेपत्ता 

संखुवासभा । खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको जीप अक्करेको भीरबाट खसी अरुण नदीमा बेपत्ता भएको छ ।  धर्मदेवी नगरपालिका–८ स्थित अक्..

बसको ठक्करबाट इटहरीमा एकजनाको मृत्यु 
बसको ठक्करबाट इटहरीमा एकजनाको मृत्यु 

इटहरी । धरान–बिराटनगर सडक खण्डअन्र्तगत खनारमा आज बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।  बिराटनगर जाँदै गरेको को १ ख २७४७ नम्बरको गोकुलम यातायातले मोरङको रतुवामाई..

मौसम: भोली मौसममा सुधार हुने
मौसम: भोली मौसममा सुधार हुने

काठमाडौं । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भा..

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान

काठमाडौं । पूर्वसांसद मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन..