‘अहिलेका कम्युनिष्ट, कम्यूनिष्ट होइन ‘कमाउनिष्ट’ हो’ : अध्यक्ष उपेन्द्र यादव


नेपाल पाना प्रकाशित: २०७६-१-२३ गते
‘अहिलेका कम्युनिष्ट, कम्यूनिष्ट होइन ‘कमाउनिष्ट’ हो’ : अध्यक्ष उपेन्द्र यादव

काठमाडौं । समाजवादी पार्टी नेपालका कार्यसमिति अध्यक्ष उपेन्द्र यादवले अहिलेका कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी नभएर कमाउनिष्ट भएको दाबी गरेको छन। 

राजधानीमा सोमबार आयोजित नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टी एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उपेन्द्र यादवले भने, ‘मैले कम्यूनिष्ट आन्दोलन लामो समयसम्म गरेँ, तर अहिलेका कम्यूनिष्ट कम्यूनिष्ट नभएर कमाउनिष्ट भएका छन् ।’

‘कम्यूनिष्टहरुले भन्दैछन् कि हाम्रो एजेण्डा संघीयता थिएन यो त मधेश आन्दोलनले जबरजस्ती ल्याएको छ ’ उनले भने, ‘हो मधेस आन्दोलनले यो संघीयता आएको हो ।’

यादव प्रमुख प्रतिपक्षी दल काँग्रेसमाथि पनि कडा रुपमा प्रस्तुत भए ।  उनले काँग्रेसको सिद्दान्त नै संवैधानिक राजतन्त्र भएको भन्दै सो पार्टी अहिले त्यसैमा लागेको बताए । उनले देशलाई दरिद्र बनाउने काम काँग्रेसले गरेको आरोप पनि लगाए । 

अरुबाट दान दक्षिणा लिएर देश समृद्ध नहुने भन्दै उनले देशलाई समृद्ध बनाउन आफै सक्षम हुनुपर्नेमा जोड दिए । उनले संविधान संशोधन गरेर प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा पनि जोड दिए । 

उनले भने, ‘मुलुक आर्थिक रुपले यसरी सम्पन्न होस्, जसले देशका युवालाई खाडी मुलुक जान नपरोस् ‌।’ यादवले भने, ‘यो एकताले देशलाई जोडेको छ । यो एकीकरले हिमाल, पहाड र तराई मिलेको छ, जसले राष्ट्रिय एकतालाई बलियो बनाएको छ ।’


देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..

काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो
काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो

भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर-१ (क) मा नेपाली काँग्रेसका उम्मेदवार कृष्ण भँडेललाई मातृशोक परेको छ । प्रदेश सभाका उम्मेदवार भँडेलकी आमा सेतीमाया..

सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"
सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"

काठमाडौं । भारत र चीनले कैयौं स्थानमा सीमा मिच्दा वक्तव्य निकालेर बेतुकको भाषण गरेको भन्दै सत्तारुढ दलकी सांसद रामकुमारी झाँक्रीले कडा प्रतिक्रिया दिएकी छिन् ।  विद्या..