हिमाल, पहाड, तराई मधेश राष्ट्रिय जागरण अभियानका लागि बाँडफाँड 


नेपाल पाना प्रकाशित: २०७६-१-२४ गते
हिमाल, पहाड, तराई मधेश राष्ट्रिय जागरण अभियानका लागि बाँडफाँड 

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानका लागि केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारी बाँडफाँड गरेको छ ।

बैशाख २५ देखि हिमाल, पहाड, तराई मधेश राष्ट्रिय जागरण अभियान शुरु गर्न लागेको कांग्रेसले आज सानेपामा पत्रकार सम्मेलन गर्दै ७ वटै प्रदेशमा केन्द्रीय पदाधिकारीहरुले कमाण्ड गर्ने जानकारी दिएको छ ।

जस अनुसार सभापति शेरबहादुर देउवा प्रदेश ३ को काठमाडौंमा र वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश २ को धनुषामा कमाण्ड गर्ने छन् । प्रदेश १ को सुनसरीमा उपसभापति विजय गच्छदार, गण्डकीको पोखरामा महामन्त्री पूर्णबहादुर खड्का, प्रदेश ५ को रुपन्देहीमा महामन्त्री डा। शंशाक कोइराला, कर्णालीको सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव र सुदुरपश्चिमको कैलालीमा उपसभापति विमलेन्द्र निधिले कमाण्ड गर्ने भएका छन् ।

७७ वटै जिल्लामा एकै साथ उदघाटन हुने अभियान विदेशका ३३ स्थानमासमेत हुने जनाइएको छ । १२ भाषामा जागरण गीतसमेत सार्वजनिक गरिएको छ । अभियानका क्रममा नेताहरुले स्थानीय जनताका गुनासा र सुझाव सुन्नुपर्ने छ । तीन चरणमा हुने अभियानले पार्टीमा उर्जा आउने र जनता माझ पार्टी उभ्याउन सहयोग हुने विश्वास कांग्रेसको छ ।


‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’
‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’

इटहरी । सरकारले गरेको गल्तीका कारण बाढीपीडित पीडित हुनुपरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । नेपाल प्रेस युनियन इटहरी नगर समितिले शनिबार इटहरीमा आयो..

‘ओली र प्रचण्डबीच आलोपालो कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्छ’
‘ओली र प्रचण्डबीच आलोपालो कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्छ’

बुटवल । ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्नेलगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य देवे..

‘अबको साझा विचार जनताको जनवाद नै हो’
‘अबको साझा विचार जनताको जनवाद नै हो’

रुपन्देही । रिपोर्टर्स क्लव पाँच नम्बर प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपाका नेता तथा स्थायी समितिका सदस्य देवेन्द्र पौडेलले सरकारको नेतृत्व पुष्पक..

नेकपा जिम्मेवारी बाँडफाँट, कसको नेतृत्वमा कुन विभाग ?
नेकपा जिम्मेवारी बाँडफाँट, कसको नेतृत्वमा कुन विभाग ?

काठमाडौं । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका वामदेव गौतमले नेकपाको संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी पाउने भएका..