‘मेरो सरकार भन्ने शब्द भुलचुकले होइन, सुविचारी ढंगले जानीबुझी राखेको शब्द हो’


नेपाल पाना प्रकाशित: २०७६-१-२४ गते
‘मेरो सरकार भन्ने शब्द भुलचुकले होइन, सुविचारी ढंगले जानीबुझी राखेको शब्द हो’

काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्पतिले मेरो सरकार भनेर उच्चारण गर्नुलाई उचित सम्बोधन भएको बताएका छन् । 

उनले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा मेरो सरकार भन्ने शब्द भुलचुकले परेको नभइ सुविचारी ढंगले जानीबुझि राखेको पनि प्रष्ट पारे । उनले भने, ‘मेरो सरकार भन्ने शब्द भुलचुकले होइन, सुविचारी ढंगले जानीबुझी राखेको शब्द हो ।’

साथीहरुले मेरो सरकार भन्ने शब्दलाई मात्रै ध्यान दिएको भन्दै यसले पहाड खनेर मुसो पनि ननिस्कने जस्तो कुरा भएको उल्लेख गरे ।  सम्माननीय राष्ट्पतिले मेरो सरकार भन्नु कुनै अचम्मको विषय नभई संसारभरको अभ्यास अनुसार नै भएको पनि प्रष्ट पारे । 

साथिहरुले पोहोर त यस्तो थिएन भने तर हामी विगतका नमिलेका कतिपय कुराहरुलाई मिलाउँदै अघि बढेको भन्दै अन्तरराष्ट्रिय अभ्यास अनुसार नै यस्तो सम्बोधन भएको बताए । ‘मेरो देश, मेरो सरकार भनेर राष्ट्पतिले ढुक्कले भन्ने हो,’ उनले भने, ‘राष्ट्पतिले मात्रै होइन तपाई हामी सबैको होइन र यो देश, यो सरकार ?’

राष्ट्रपति देशकै अभिभावक रहेकाले आफूभन्दा मातहतको सरकारलाई मेरो सरकार भन्नु नाजायज नरहेको स्पष्ट पारे। लोकतन्त्रमा मेरो सरकार भन्न पाईँदैन भन्ने नभई लोकतन्त्रमा हामी सबैको सरकार हो भन्न पाउने विधि स्थापित गर्न खोजेको उनले बताए । 


‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’
‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’

इटहरी । सरकारले गरेको गल्तीका कारण बाढीपीडित पीडित हुनुपरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । नेपाल प्रेस युनियन इटहरी नगर समितिले शनिबार इटहरीमा आयो..

‘ओली र प्रचण्डबीच आलोपालो कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्छ’
‘ओली र प्रचण्डबीच आलोपालो कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्छ’

बुटवल । ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्नेलगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य देवे..

‘अबको साझा विचार जनताको जनवाद नै हो’
‘अबको साझा विचार जनताको जनवाद नै हो’

रुपन्देही । रिपोर्टर्स क्लव पाँच नम्बर प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपाका नेता तथा स्थायी समितिका सदस्य देवेन्द्र पौडेलले सरकारको नेतृत्व पुष्पक..

नेकपा जिम्मेवारी बाँडफाँट, कसको नेतृत्वमा कुन विभाग ?
नेकपा जिम्मेवारी बाँडफाँट, कसको नेतृत्वमा कुन विभाग ?

काठमाडौं । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका वामदेव गौतमले नेकपाको संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी पाउने भएका..