बिद्यार्थी संघमाथि प्रश्न चिन्ह खडा हुदैँ


नेपाल पाना प्रकाशित: २०७६-१-२४ गते
बिद्यार्थी संघमाथि प्रश्न चिन्ह खडा हुदैँ

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ विघटन भए लगतै तदर्थ समिति गठन गर्ने भनिए पनि अहिलेसम्म हुन सकेको छैन ।

नेबिसंघले त्यसको दोष माउ पार्टी नेपाली कांग्रेसको नेतृत्वलाई लगाएको छ । लामो समयसम्म तदर्थ समितिसमेत गठन नहुँदा बिद्यार्थी संघमाथि नै प्रश्न चिन्ह खडा हुन थालेको छ । आफूलाई लोकतन्त्रको मसिहा दाबी गर्ने नेपाली कांग्रेसले आफ्नै भ्रातृ संगठन भंग गरेर पनि पूर्णता दिन सकेको छैन ।

पार्टी सभापति शेरबहादुर देउवाले तत्कालै तदर्थ समिति गठन गर्ने आश्वासन दिए पनि गुटगत राजनीतिलाई पश्रय दिँदा नेवि संघको तदर्थ समिति गठन हुन सकेको छैन ।

नेतृत्व नहुँदा नेविसंघको क्रियाशीलता मात्रै घटेको छैन बिद्यार्थीहरुसमेत निराश भएका छन् । विद्यार्थी नेताहरुले अब पनि पार्टी नेतृत्वले आलटाल र ढीलासुस्ति गरे पार्टी कार्यालय मात्र हैन नेताहरुको घरसमेत घेरेर निर्णयमा पुग्ने चेतावनी दिएका छन् ।

नेविसंघभित्र सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका समूह छन् । सिटौला समूहले पार्टी नेतृत्वलाई तत्काल तदर्थ समिति गठनको चेतावनी दिँदै आएको छ ।

नेताहरुले नेबिसंघलाई आफ्नो गुटको प्रयोगशाला बनाउन खोज्दा संगठनको अस्तित्व नै संकटमा परेको समूहको ठहर छ । माउ पार्टी कांग्रेसले सरकारविरुद्ध जागरण अभियान सञ्चालनको घोषणा गरिसक्दा पनि नेतृत्व नहुँदा नेविसंघ भने जागरण अभियानमा ओझेलमा पर्ने देखिएको छ ।

तदर्थ समिति नबन्दा नेबिसंघले सरकारबिरुद्धका आन्दोलनका कार्यक्रमलाईसमेत प्रभावकारी बनाउन सकेको छैन । जसको अपजस नेपाली विद्यार्थी संघले लिनु परेको बताइएको छ ।


देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..

काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो
काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो

भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर-१ (क) मा नेपाली काँग्रेसका उम्मेदवार कृष्ण भँडेललाई मातृशोक परेको छ । प्रदेश सभाका उम्मेदवार भँडेलकी आमा सेतीमाया..

सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"
सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"

काठमाडौं । भारत र चीनले कैयौं स्थानमा सीमा मिच्दा वक्तव्य निकालेर बेतुकको भाषण गरेको भन्दै सत्तारुढ दलकी सांसद रामकुमारी झाँक्रीले कडा प्रतिक्रिया दिएकी छिन् ।  विद्या..