‘संविधान संशोधनको मुद्दालाई कांग्रेसले जिवन्त राखेको छ’


नेपाल पाना प्रकाशित: २०७६-१-२४ गते
‘संविधान संशोधनको मुद्दालाई कांग्रेसले जिवन्त राखेको छ’

काठमाडौं । संविधान संशोधनको मुद्दालाई नेपाली कांग्रेसले मात्र जिवन्त राखेको नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन् । 

मधेसका नाममा मत लिएकाहरुले संविधान संशोधनको मुद्दा बिर्सिसकेको उनको दाबी छ । मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेसले मात्रै संविधान संशोधन गराउने दाबी गरे ।

उनले भने, ‘कांग्रेस संशोधनको मुद्दालाई छाड्दैन ।’ संविधान संशोधनलाई मुद्दा बनाएर जनताको मत लिएका फोरम र राजपा संविधान संशोधनको मुद्दा बिर्सिसकेको उनले बताए ।

‘राजपाले पनि यो मुद्दा छाडिसकेको छ’ उनले भने, ‘सरकारमा रहेका उपेन्द्रको पार्टी त झन संशोधनको पक्षमा छैन ।’ कांग्रेस उपसभापति निधिले सकार संघीयतालाई समाप्त पार्न लागेको आरोप लगाए ।

‘संघीयतालाई बर्बाद पार्दै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ’ उनले भने, ‘सरकारको यही रबैयालाई जनता समक्ष ल्याउनका लागि हामीले भोलिबाट देशभर जागरण अभियान सुरु गर्दैछौं ।’


देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..

काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो
काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो

भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर-१ (क) मा नेपाली काँग्रेसका उम्मेदवार कृष्ण भँडेललाई मातृशोक परेको छ । प्रदेश सभाका उम्मेदवार भँडेलकी आमा सेतीमाया..

सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"
सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"

काठमाडौं । भारत र चीनले कैयौं स्थानमा सीमा मिच्दा वक्तव्य निकालेर बेतुकको भाषण गरेको भन्दै सत्तारुढ दलकी सांसद रामकुमारी झाँक्रीले कडा प्रतिक्रिया दिएकी छिन् ।  विद्या..