समाजवादी पार्टी दर्ता गर्न समस्या


नेपाल पाना प्रकाशित: २०७६-१-२५ गते
समाजवादी पार्टी दर्ता गर्न समस्या

काठमाडौं । उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेतृत्वमा गठन भएको समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता गर्न कठिन हुने देखिएको छ ।

यसअघि नै विष्णुराज अर्यालले समाजवादी पार्टी, नेपाल दर्ता गरिसकेकाले नवगठित पार्टी दर्ता गर्न समस्या हुने भएको छ ।उनले ५ भदौ ०७४ मा सो नामको पार्टी गठन गरी निर्वाचन आयोगमा दर्ता गराएका थिए । उनले पार्टीका नाम मात्र दर्ता गरेको जानकारी दिए ।

उनले भने, ‘हामी सिपी मैनाली नेतृत्वको मालेमा सँगै थियौँ । २६ असार ०६६ मा मालेबाट विभाजित भई नेकपा माले समाजवादी गठन गर्यौँ,’ ‘दोस्रो संविधानसभा निर्वाचनमा सहभागी भएपछि ५ भदौ ०७४ मा समाजवादी पार्टी नेपाल दर्ता गरेका थियौँ ।’ निर्वाचन आयोगले एउटै नामको अर्को पार्टी दर्ता गर्न कठिन हुने जनाएको छ ।

तर, समाजवादी पार्टी नेपालका नेता देवेन्द्र पराजुलीले निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने प्रक्रिया केन्द्रीय समिति बैठकले टुंगो लगाउने बताए ।


‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’
‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’

इटहरी । सरकारले गरेको गल्तीका कारण बाढीपीडित पीडित हुनुपरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । नेपाल प्रेस युनियन इटहरी नगर समितिले शनिबार इटहरीमा आयो..

‘ओली र प्रचण्डबीच आलोपालो कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्छ’
‘ओली र प्रचण्डबीच आलोपालो कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्छ’

बुटवल । ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्नेलगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य देवे..

‘अबको साझा विचार जनताको जनवाद नै हो’
‘अबको साझा विचार जनताको जनवाद नै हो’

रुपन्देही । रिपोर्टर्स क्लव पाँच नम्बर प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपाका नेता तथा स्थायी समितिका सदस्य देवेन्द्र पौडेलले सरकारको नेतृत्व पुष्पक..

नेकपा जिम्मेवारी बाँडफाँट, कसको नेतृत्वमा कुन विभाग ?
नेकपा जिम्मेवारी बाँडफाँट, कसको नेतृत्वमा कुन विभाग ?

काठमाडौं । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका वामदेव गौतमले नेकपाको संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी पाउने भएका..