बालुवाटार हडप्न पूर्वमूख्यसचिव लीलामणी पौडेल समेत 'संलग्न' ! 


नेपालपाना प्रकाशित: २०७६-१-२५ गते
बालुवाटार हडप्न पूर्वमूख्यसचिव लीलामणी पौडेल समेत 'संलग्न' ! 

काठमाडौँ । बालुवाटारस्थित ललितानिवास र त्यसको चर्चेको करिब एक सय २४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन् । 

भूमाफिया र व्यापारीको योजनाअनुसार गुठी संस्थान, मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट सरकारी जग्गा हिनामिना हुनेगरी भएका निर्णय प्रक्रियामा हाल चीनका लागि नेपाली राजदूत समेत रहेका पौडेल पनि मुछिएका हुन् । 

सरकारी जग्गा हडप्न खडा गरिएको पशुपति टिकिन्छा गुठीका नक्कली मोहीलाई करिब साढे ३ रोपनीको लालपुर्जा दिनेसम्बन्धी निर्णय तत्कालीन मुख्यसचिव पौडेलको समेत संलग्नतामा भएको हो ।

यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ । 







मन्त्री बन्न दौडधुप, को-को छन् दौडमा ?
मन्त्री बन्न दौडधुप, को-को छन् दौडमा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयसहित मन्त्रिपरिषद्का सदस्यहरू फेर्न चाहेपछि सत्तारूढ नेकपाका नेताहरू आन्तरिक लबिइङमा उत्रिएका छन् । यो महिना सकिएलगत्तै मन्त्र..

शङ्का लागेपछि टिम नै बिदा गरे प्रधानमन्त्री ओलीले
शङ्का लागेपछि टिम नै बिदा गरे प्रधानमन्त्री ओलीले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिममा आमूल परिवर्तन ल्याउन लागेका छन् ।  आफ्नो वरिपरि केही विदेशी सुरकीहरु रहेको सूचना प्राप्त गरेप..

रूख काट्ने विवादले नारायणगढ-बुटवल सडक विस्तारमा अवरोध
रूख काट्ने विवादले नारायणगढ-बुटवल सडक विस्तारमा अवरोध

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति तथा चार लेनमा विस्तार गरिने नारायणगढ–बुटवल खण्डको काम वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)मा आएको समस्याका कारण अगाडि बढ्..

बहुचर्चित काठमाडौँ–निजगढ द्रुतमार्गमा सुरुङ र ठूला पुलबाहेक सबै काम सेनाले गर्ने
बहुचर्चित काठमाडौँ–निजगढ द्रुतमार्गमा सुरुङ र ठूला पुलबाहेक सबै काम सेनाले गर्ने

काठमाडौं । बहुचर्चित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–निजगढ द्रुतमार्ग फास्ट ट्र्याकको डीपीआर स्वीकृत भएयता अलमलमा रहेको सेनलो अब नयाँ अवधारणअनुसार गति अघि बढाउने भएको छ..